शिकागोमा अमेरिका भरिका नेपाली चिकित्सकहरुको सॅस्था एएनएमएफ सम्मेलन सुरु , कार्यक्रमहरु निरन्तर सॅचालनमा 

इनेप्लिज २०८१ जेठ २६ गते २०:०२ मा प्रकाशित

शिकागोमा अमेरिका भरिका नेपाली चिकित्सकहरुको सॅस्था अमेरिका नेपाल मेडिकल फाउन्डेसन(एएनएमएफ)को २८ औ साधारण सभा सुरु भएको छ ।

अन्य कार्यक्रमहरु निरन्तर सॅचालन भै रहेका छन्। जुन ७-९ सम्म आयोजना हुने एएनएफएमको २८औ बार्षिक साधारणको औपचारिक उदघाटन जुन ८ शनिबारका दिन बिहान सुरु भएको छ ।

आज औपचारिक कार्यक्रमको उदघाटन मार्भिन ए ब्रस्टिन तथा एएनएमएफका पूर्व अध्यक्ष जनक कोइरालले गरेका थिए।

कार्यक्रममा सभाका सभापति विकाश भट्टराईले स्वागत मन्तव्य राखेका थिए भने अध्यक्ष बिनोद खडकाले धन्यवाद ज्ञापन राखेका थिए।

यसैगरि स्विकृति वास्कोटाले नेपालका राष्ट्रपतिको शुभकामना सन्देश पढेर सुनाएकी थिईन ।एएनएफएका सचिव नारायण न्यौपाने तथा कोषाध्यक्ष कल्पना श्रेष्ठले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

समुदघाटन लगतै पछि विष्णु सापकोटाले प्रश्न उत्तरको सत्र प्रारम्भ गरेका थिए भने एएनएमएफ नेपालकी अघ्यक्ष सॅगीता बस्नेतले एएनएफएममा कसरी प्रवेश गर्न सकिन्छ र यस्को लागि के के योग्यता चाहिन्छ लगायतमा चर्चा गरिन ।

त्यस्तै सन्तोष सापकोटाको नेतृत्वमा रहेको समिती सदस्यहरुले परियोजनाको बारेमा गतिबिधी तथा प्रगति बारेमा जानकारी दिएका थिए ।

यसैगरि एएनएमएका अध्यक्ष राजेश पोखरेलले केही आफ्ना कुराहरु राखेका थिए । दामोदर पौडेल तथा प्रिती अधिकारीले आफ्नो परियोजना बारेमा चर्चा गरेका थिए।

त्यस्तै गरि कर्णाली एकाडेमी अफ हेल्थ साइन्सका उपकुलपति डा मॅगल रावलले आफ्नो सॅस्थाको बारेमा विस्तृत जानकारी गराएका थिए । प्रमुख वक्ता कुल चन्द्र गौतमले केही महत्वपूर्ण कुराहरु राख्दै एएनएफएमलाई मौका दिेएकोमा धन्यवाद दिएका थिए ।

उदघाटन पछि गोलमेच छलफल कार्यक्रमको आयोजना गरिएको थियो । त्यस्का लागि नेपालबाट स्वास्थ्य तथा जनसख्या मन्त्रालयका सचिव डा रोषन पोखरेल, नेपाल मेडिकल काउन्सिल का अध्यक्ष डा छोप लाल भुसाल, नेपाल चिकित्सक सॅघका अध्यक्ष अनिल बिक्रम कार्की, नेसनल एकाडेमी अफ हेल्थ साइन्सका उपकुलपति भुपेन्द्र कु वस्नेत , एनएचआरसिका सदस्य सचिव डा प्रमोद जोशी तथा अमेरिका नेपाल मेडिकल फाउन्डेसन नेपालकी अध्यक्ष प्रा डा सॅगीता वस्नेत कोइरालाहरु छलफलका वक्ताहरु रहेका थिए ।

कार्यक्रम सॅचालन एएनएमएफका अध्यक्ष विनोद खडका तथा पूर्व अध्यक्ष भुपेश खडकाले सॅयुक्त रुपमा गरेका थिए ।

प्रतिक्रिया