गाजामा अस्थायी घाटमा लगभग ५७० टन सहायता पुर्याइएको अमेरिकी सेनाले जनाएको छ ।
लगभग ५७० मेट्रिक टन मानवीय सहायता गाजाको तटमा बनाइएको अस्थायी घाटमा पुर्याईएको अमेरिकी केन्द्रीय नेतृत्वले जनाएको छ ।
सेन्टकमका अनुसार ती सहायताहरु मानवीय साझेदारहरूद्वारा वितरण गरिने विज्ञप्तिमा उल्लेख गरेको छ ।
“अमेरिका, बेलायत , दुबई ,युरोपेली संघ र अन्य धेरै साझेदारहरूले यो मानवीय सहायता दान गरेका छन्।” बिज्ञप्तिमा भनिएको छ ।
सिएनएनका अनुसार घाटलाई गत हप्ता गाजाको समुद्री तटमा विभिन्न देशहरूबाट क्षेत्रमा सहयोग पुर्याउनको लागि आश्रय स्थल बनाईएको थियो। धेरै जसो सीमा नाकाहरू बन्द रहेका छन् ।
प्रतिक्रिया