मुक्तिनाथ धामलाई नेवाः अर्गनाइजेशनद्वारा बुद्ध मुर्ति उपहार

इनेप्लिज २०८१ जेठ ७ गते १०:४५ मा प्रकाशित

क्यालिफोर्नियाको रिचमण्ड रहेको मुक्तिनाथ धामलाई नेवाः अर्गनाइजेशन नर्दन क्यालिफोर्निया च्याप्टरले भगवान बुद्धको मुर्ति उपहार दिएको छ ।

मुक्तिनाथ धाममा आयोजित एक समारोहमा नेवा अर्गनाइजेशनको तर्फवाट क्यालिफोर्निया च्याप्टरका अध्यक्ष मदन महर्जनले मुक्तिनाथ धामका अध्यक्ष अनिल पाण्डेलाई सो मुर्ति हस्तातरण गरेका थिए ।मुक्तिनाथ धामले भगवान बुदको उक्त प्रतिमाको मन्दिर परिसरमा आजै पदस्थापन समेत गरेको छ ।

मुक्तिनाथ धामका अध्यक्ष अनिल पाण्डेले नेवा अर्गनाइजेशन नर्दन क्यालिफोर्निया च्याण्टरप्रति आभार व्यक्त गर्दै मुक्तिनाथ धाम सबै नेपालीको साझा र पवित्र धार्मिकस्थल भएकोले हिन्दु एवं बौद्ध धर्मावलम्बीहरुले जुनसुकै उपहार पनि अर्पण गर्न सक्ने बताए ।

उनले मानवजीवनको मुख्य धेय नै सामाजिक कार्य भएकोले सबैको सहयोग र सेवावाट मन्दिर स्थापना भएकोले सबैले अपनत्व लिनपर्ने बताए ।

कार्यक्रममा मुक्तिनाय धामका वरिष्ठ उपाध्यक्ष पशुपति कँडेल, उपाध्यक्ष दिक्याल केसीले भगवान बुद्धको मुर्त्ति उपहार दिएकोमा नेवाः अर्गनाइजेशनप्रति आभार प्रकट गरेका थिए भने नेवा अर्गनाइजेशन क्यालिफोर्निया च्याण्टरका अध्यक्ष मदन महर्जनले मुक्तिनाथ धाममा भगवान बुदको प्रतिमा स्थापना गर्न पाएकोमा खुशी व्यक्त गरें ।

मुक्तिनाथ धाममा हरेक आइतवार हुने नियमित भजनकीर्तनमा उल्लेख्य भक्तजनको सहभागीता थियो।

प्रतिक्रिया