जनकपुरधाम, १३ भादौ । सरकारी स्वामित्वमा रहेको भानुचोकस्थित राष्ट्रिय वाणिज्य बैंक नखुल्दा सेवाग्राहीले ढुङ्गामुढा गरेका छन् ।
बैंक खुल्ने आशमा आइतबार कार्यालय समयमा पुगेका सेवाग्राहीले बैंक नखुल्ने थाहा पाएपछि शाखा प्रमुखको विरुद्धमा नाराबाजी गर्दै ढुङ्गामुढा गरेका छन् ।
स्थानीय प्रशासनले बन्दको क्रममा सुरक्षा दिन नसक्दा बैंक नखोलेको शाखा प्रमुख लक्ष्मीप्रसाद अधिकारीले बताउनुभयो ।
गत बिहीबार दुई घण्टाका लागि बैंक खोल्दा साँझपख आन्दोलनकारी आएर तोड्फोड गरेकाले असुरक्षाको कारण बैंक खोल्न नसकिएको प्रमुख अधिकारीले बताउनुभयो ।
दैनिक सातदेखि आठ करोड रुपैयाँसम्मको कारोबार गर्ने वाणिज्य बैंक नखुल्दा सेवाग्राही सास्तीमा छन् । बैंक नखुलेपछि सेवाग्रही आक्रोशित भई प्रबन्धकको विरोधमा चर्को नाराबाजी गर्दै ढुङ्गामुढा गरेका थिए ।
पछिल्लो १५ दिनदेखि जारी आमहडतालका कारण यहाँका वित्तीय संस्था सञ्चालनमा आउन नसक्दा सेवाग्राही समस्यामा परेका छन् ।
यसैगरी स्टेसन एरियामा रहेको नेपाल बैंक लिमिटेड, पिडाडी चोकस्थित वाणिज्य बैंकको शाखा कार्यालय बन्द भएपछि सेवाग्राही आर्थिक मारमा परेका छन् ।
हामीले आपूmखुशी बैंक बन्द नगरी बाध्यताले बन्द गर्नुपरेको नेपाल बैंक लिमिटेडका शाखा प्रबन्धक श्रीप्रसाद सिवाकोटीले बताउनुभयो ।
यसैगरी निजी लगानीबाट सञ्चालित वित्तीय संस्थासमेत बन्द भएपछि सेवाग्राही थप मारमा परेका छन् ।
प्रतिक्रिया