नेपाल आयल निगमले पेट्रोलियम पेट्रोलको मूल्य प्रति लिटर ४ रुपैयाँले बढाएको छ

बेद प्रसाद घिमिरे २०८० चैत १९ गते ९:५८ मा प्रकाशित

नेपाल आयल निगमले पेट्रोलको मुल्य प्रतिलिटर ४ रुपैँयाले बढाएको छ । निगम संचालक समितिको आज बसेको बैठकले राति १२ बजेपछि लागुहुने गरी पेट्रोलको मुल्य ४ रुपैँया बढाएको हो । पेट्रोलको मुल्य बढाएसँगै राजधानीमा पेट्रोलको मुल्य १७५ रुपैँया पुगेको छ । अन्य पेट्रोलियम पदार्थको मुल्य भने यथावत राखिएको निगमले जनाएको छ ।

प्रतिक्रिया