टर्कीको अदालतमा भएको आक्रमणमा ५ जना घाइते ,२ आक्रमणकारीको मृत्यु

इनेप्लिज २०८० माघ २३ गते ११:२४ मा प्रकाशित

टर्कीको अदालतमा भएको आक्रमणमा ५ जना घाइते भएका छन् भने २ आक्रमणकारीको हत्या भएको एबिसीन्यूजले जनाएको छ ।

टर्कीका आन्तरिक मन्त्रीले इस्तानबुलको एक अदालतमा आक्रमण गर्न खोज्ने क्रममा दुई जनाको गोली हान्दा मृत्यु भएको बताएका छन् ।

आन्तरिक मन्त्रीले मंगलबार स्थानीय समय अनुसार बिहान ११:४६ बजे (०८४६ जिएमटि ) काग्लायन अदालतमा रहेको सुरक्षा जाँच चौकीमा “आक्रमण गर्ने प्रयास” गर्दा पुरुष र महिलाको मृत्यु भएको हो, आन्तरिक मन्त्री अली येर्लिकायाले सामाजिक सञ्जालमा प्रकाशन (पोस्ट )गरेका छन्।

घटनामा तीन प्रहरीसहित ६ जना घाइते भएका छन् । “म हाम्रा वीर प्रहरी अधिकारीहरूलाई बधाई दिन्छु। घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु,’ मन्त्रीले भने ।

काग्लायन जसलाई इस्तानबुल जस्टिस प्यालेस (न्याय दरबार )पनि भनिन्छ। कडा सुरक्षा र धेरै प्रवेशद्वारहरू सहित, यो २०११ मा खोलिएको समयमा युरोपको सबैभन्दा ठूलो अदालत थियो।

टर्कीको राज्यद्वारा सञ्चालित अनादोलु समाचार सँस्था (एजेन्सी)ले प्रकाशित गरेको चित्रग्राहिणी तस्बिर/श्रब्यदृश्य (क्यामेराको फुटेज)मा आक्रमणकारीहरूलाई भवनको प्राङ्गणमा गोली हानेको देखाइएको छ।

टर्कीका न्यायमन्त्री यिलमाज टुन्कले इस्तानबुलको मुख्य सरकारी अभियोजकको कार्यालयले अनुसन्धान सुरु गरेको बताए।

टर्कीले दक्षिणी भागमा ५३,००० भन्दा बढी मानिसको ज्यान लिएको भूकम्पको वार्षिकोत्सव मनाइरहँदा यो आक्रमण भएको हो।

प्रतिक्रिया