आँचल शर्मा यसरि खुल्दा दामी रुप देखियो, आँचलले भनिन कम तनाव र उत्कृष्ट आनन्द लिनुस् (भिडियो सहित)

इनेप्लिज २०८० माघ २० गते ३:११ मा प्रकाशित

अभिनेत्री आँचल शर्मा फेसनलाई पछ्याउने मामिलामा अगाडि छिन् । बजारमा चलेको फास्ट फेसन होस् या डिजाइनरको पहिरनमा उनी अरुभन्दा एक कदम अगाडि छिन् ।

प्रत्येक साता आँचलले नयाँ पहिरन इन्स्टाग्रामबाट सार्वजनिक गर्छिन्, जसलाई लिएर सामाजिक सञ्जालमा चर्चाको विषय बन्छ । फेसन मात्र होइन, आँचल अहिले सबैभन्दा ब्यस्त अभिनेत्रीमध्ये पर्छिन् । उनीसँग आधादर्जन फिल्मको लाइनअप छ ।

‘नाइँ नभन्नू ल’को पछिल्लो सिक्वेल नचले पनि आँचललाई पछि फर्केर हेर्नुपरेको छैन । गतसाता ‘डिग्री माइला’को छायांकन टुंग्याएकी उनले पछिल्लो साता एक्सन फिल्म ‘पिताम्बर’ साइन गरिन् । उनको लाइनअपमा सहारा शर्माको ‘एक मुट्ठी बादल’देखि ‘राजमहल’ र मिलन चाम्सको ‘वर एण्ड वधु’ छन् ।

आँचलको अभिनय करिअरले गत वैशाखमा सात वर्ष पूरा गरेको छ । अभिनेत्री बनेर नाम कमाउने उनको सपना थिएन, तर परिस्थितिले उनलाई यो ठाउँमा ल्याइपुर्‍यायो । क्युट र ब्युटीफुल आँचलको स्वभाव मनमा लागेको कुरा भनिहाल्ने छ । यो स्वभावले उनलाई विवाद र चर्चामा ल्याउँछ । तर उनलाई नजिकबाट चिन्नेहरु उनको यो स्वभाव राम्रो रहेको बताउँछन् ।

https://www.youtube.com/watch?v=CrhZDGP_jJQ

प्रतिक्रिया