“कुमारजी आज्ञा गर्नु हुन्छ, हे अगस्तेमुनी त्यहा उप्रान्त ७ बर्षकी गोमा ब्रम्हाणीलाई ७० बर्षको शिब शर्मा नाम गरेका ब्रम्हाणको हातमा सुम्पिदा भए।”पूजा कोठा गुन्जि रहेको थियो। अनायास मेरो कानमा मेरी भर्खरै १०/११ बर्षमा पाइला टेकेकि छोरीको शब्द गुन्जन्छ, ‘it’s ridiculous!’
स्वस्थानीको किताबबाट ऑखा उठाएर हेर्छु। आक्रोसित भावमा मेरी छोरी बिम्ब मलाई नियाली रहेकी थिइ ।
कुरो ४/५ बर्ष अगाडिको हो। मैले विदेशमा बसेर पनि आफ्नो धर्म, संस्कृति, रिति रिवाज नयाँ पुस्तालाई पनि सिकाउन पर्छ भन्ने उद्धेश्यले स्वस्थानीको कथा पढ्ने निर्णय गरेकि थिएं। मेरो नियमित श्रोता मेरी भर्खरै युवा अवश्थामा प्रवेश गर्न लागेकि छोरी बिम्ब थिइ। उ जति नै ब्यस्त भए पनि मामुलाई खुशी पार्न वा आफ्नो धर्म संस्कृतिको पालना गर्न नियमित रुपमा स्वस्थानी सुन्न वस्थि। अझै कहिले काही त प्रसाद हाल्नलाई मलाई सहयोग पनि गर्थि। मेरा ऑखा एक छिन् बिम्वको अनुहारमा टक्क अडियो। स्वस्थानी पढि राखेको हुनाले कुनै संबाद गरिन र निरन्तर पढ्न थालें। तर मेरो ऑखाले बारम्वार बिम्वलाई नियाली रहे।उसको मनोभाव पढि रहे।
मेरा ऑखा एक छिन् बिम्वको अनुहारमा टक्क अडियो। स्वस्थानी पढि राखेको हुनाले कुनै संबाद गरिन र निरन्तर पढ्न थालें।
मेरा ऑखा अगाडि बिम्वकै उमेरको आफुलाई देखें र मेरो ठाउंमा ड्याडिले स्वस्थानी पढि राख्नु भएको थियो। १०/१२ बर्षकि म स्वस्थानी सुन्न कति उत्साहित हुन्थें।हाम्रो बैठक कोठा स्वस्थानी बाचन गर्ने बेलामा खचाखच भरिएको हुन्थयो।हामी सबै जना ड्याडिको अगाडि हात जोडेर कथा सुन्थ्यौ। ऑखा र मन चाहिं मकै फुले मिठाइमा हुन्थ्यो।
अगाडिको ‘यं ब्रम्हा’ देखि लिएर अन्तिमको ‘उपनयतु मंगलम्..’ ‘इति श्रिस खंड पुराणे’ कन्ठै थियो। अहिले पनि आउंछ। पृथ्वीको उत्पत्ति, दानव र देवताको लड़ाई निक्कै चाख लाग्थ्यो। सबै भन्दा बढ़ी माया गोमाको लाग्थो। हुन त बिष्णुबाट सत्य डगाएकि वृन्दा महादेवको लागि ज्यान दिएकी सतिदेवी, र नवराजकि जेठी श्रीमतीको पनि माया लाग्थ्यो। तर ७ बर्षकि गोमा ७० बर्षको शिब शर्माको साथ बिबाह गरेको प्रसंग नमिठो लाग्थ्यो। अनि मनमनै सोच्थें, उनले श्राप पाएकि थिइन्। आफ्नो मन त्यसै बुझ्थ्यो।
आफ्नो बाल्यकाल र स्वस्थानी मेरो मनमा हुडली रहेको थियो। तर निरन्तर स्वस्थानी बाचन गरि नै रहेकि थिएं।अहिले बिम्वले गरे जस्तो प्रतिबाद गर्ने सोचसम्म पनि थिएन।तर जति पढि रहेकि थिएं त्यति नै महिलाप्रतिको भेदभाव गहिरोसॅग बुझि रहेकि थिएं। जब स्वस्थानीको साङ्ग्य गर्ने दिनको प्रसॅग आउंछ तब म आफु नै अनुत्तरित भएकि थिएं। किनकि स्वस्थानीको प्रसाद दिनलाई मेरो छोरा छैन। म आफु नै छोरा र छोरीप्रतिको भेदभाव सहन नसक्ने मान्छे के कारणले यो कथा पढि रहेकि रहेछु भन्ने कुराको बोध विम्बको विद्रोह पछि मात्रै महशुस गरेंं।मेरो मनले पनि भनिरह्यौ।Yes, it’s reducolus!!
त्यो साल मैले पुरै स्वस्थानी पढें। खासै बिम्वको उपस्थितिलाई प्राथमिकता दिइन। बरु म चाहन्थें, उ न आओस्। कतिपय प्रसंगको ब्याख्या गर्न असजिलो लाग्थ्यो मलाई। म आफैं सोच्थें, बिष भॉग धतुरो खाएको शिवजी पति पाउन पार्वतीले गरेको बर्तलाई कसरी सिक भनुम्? ७ बर्षकि गोमालाई ७० बर्षको बृद्धसंग बिबाह गरि दिएको प्रसंगलाई कसरि जायज छ भनुम् ? बिष्णुको स्वर्गमा अप्सराहरु मनोरन्जनका साधन वनेको कुरा कसरी राम्रो हो भनुम् ? या महिलाले असल पति पाउनको लागि यो ब्रत गर्छन् भनेर उस्लाई कसरि भनुं? जब कि उस्लाई आफ्नो पंखेटामा स्वतन्त्र उड्न सिकाएकि छु। म आफै पनि लैंगिक भेदभावको आवाज उठाउने गरिकी छु। त्यसैले मैले त्यो सालको कथा पुरा गरे पछि स्वस्थानी पढिन।
नारी ससस्त्रिकरणमा विश्वास गर्ने म एक आमाले नारी शिकार भएको कथा दिन दिनै सुनाएर उस्को आत्मबल कमज़ोर पार्न चाहिन।
त्यसको अर्थ यो होइन कि धर्मलाई अपमान गरें। अरु धार्मिक ग्रन्थहरुमा पनि महिलालाई निम्न स्तरमै राखेको पाइन्छ। सनातन धर्मका जायज कुराहरु सिरोपर गरेकि छु। साथै अन्य धर्मको पनि असल कुराहरु पालना गरेकि छु तर मैले एउटी आमा भएर मेरी छोरालाई दिने जस्तो सन्देश स्वश्थानी कथामा पाइन। नारी ससस्त्रिकरणमा विश्वास गर्ने म एक आमाले नारी शिकार भएको कथा दिन दिनै सुनाएर उस्को आत्मबल कमज़ोर पार्न चाहिन। हो मैले सिकाएको छु। नारी शक्तिको परिभाषा दुर्गा माताको शक्तिमा खोज्न। धनकि पर्याय लक्ष्मी माताले झै धन कमाउन। अनि सरस्वती माताले झैं बिध्या आर्जन गर्न।तर मेरो मन र आत्माले ती गोमाले दुख पाएको ६३ बर्ष जेठो मान्छेसंग बिहे गरिदिएको कुरा जायज़ छ भनि सुनाउन चाहिन।
जव नाबालिक यौन हिंसा पत्र पत्रिकामा पढ्छु। समाचारमा देख्छु। तिनै गोमा मानसपटलमा छाउछिन्।
जव कथा पढ्न छोडियो प्रसंग पनि चलेन। तर मेरो मानसपटलमा भने गोमा प्रत्यक बर्ष स्वस्थानी पुर्णेमा आउंछिन्। मेरो मन चिमोट्छिन्। मलाई ति बालिका गोमाको औधि माया लागेर आउंछ। जव नाबालिक यौन हिंसा पत्र पत्रिकामा पढ्छु। समाचारमा देख्छु। तिनै गोमा मानसपटलमा छाउछिन्।
आफ्नै बावु र हजुर वाबुले घरै भित्र करणि गरेका बिभत्स कथा ब्यथा छन्। कति ख़बर त मिडियासम्म पनि पुग्दैनन्। मलाई तिनै गोमाको याद आउंछ जब नाबालिक विबाह र यौन सोषणको प्रसंग चल्छ।मनले सोधि रहेको हुन्छ। हाम्रा ग्रन्थले कतै नावालिक यौन शोषण र नावालिक विवाहलाई उत्प्रेरित गरि रहेको त छैन? आधुनिक समाजमा पनि गोमाहरुको उत्पत्ति कतै पौराणिक कथाहरुबाट त उत्पत्ति भएको छैन? मेरी प्यारी गोमा ७० बर्षको बृद्धबाट कसरी गर्भवती भइन् होला ??
पुनर्लेखन
प्रतिक्रिया