सारै मीठो र मन छुने रहेछ, यो गीत हामीलाई लाग्छ कुनै सदाबहार कालजयी गीत भन्दा कम लागेन। शब्दहरु सारै मिठा र मन छुने रहेछन् त्यसमा त्यतिकै मिठो आवाज र संगीत दिएर न्याय दिने काम बबिना भट्टराईले गरेकी छिन भने सुनीता प्रसाईको शब्द दर्शकले रुचाईरहेका छन्।
आजकल बजार म्यूजिक भिडियोमा गीतहरु आउने बढि देखिन्छ तर यो बिनाकाम को तडकभडक रुमलिएको जस्तो लाग्छ जसले गर्दा गीतको गरिमा मर्छ जस्तो लाग्छ। गीत भनेको सुनेर मनोरञ्जन लिन कुरा हो , यो सबै यसमा देखिएको छ। निरन्तर १५ बर्ष अघिदेखि संगीत साधनामा लागेकी बबिना भट्टराई भक्ति संगीतमा जमेकी नारी हुन।त्यस्तै एकदसक अगाडि देखि साहित्य लेखनलाई जीवन्त दिंदै आएकी सुनीता प्रसाईका गीतहरू पनि मन छुने हुन्छन्।
’’माझी बनेर आयौ’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस
प्रतिक्रिया