इजरायल र हमासको युद्धविरामको सातौं दिनमा मात्र ८ जना बन्धकहरु रिहा भएका छन् । बिहीबार विभिन्न ठाउँबाट र विभिन्न समयमा बन्धकहरूलाई रिहा गरिएको छ । इजरायली अधिकारीका अनुसार गाजाका विभिन्न स्थानमा बन्धकहरूलाई राखिएको हुनाले यस्तो भएको हो ।
बिहीबार हमासद्वारा रिहा गरिएका छ वटा थप बन्धकहरू इजरायल आइपुगेका छन् । उनीहरूले प्रारम्भिक चिकित्सा मूल्याङ्कन गरिने इजरायल रक्षा बलले बताएका छन् । गाजामा बन्धक बनाइएका थप छ जनालाई रेडक्रसलाई सुम्पिएको थियो ।
यसअघि बिहीबार गाजामा थुनिएका दुई महिलाहरु रिहा भएका थिए । हमासद्वारा रिहा गरिएका दुई इजरायली बन्धकहरुमा अमित सुसाना र मिया स्किम अहिले इजरायली अस्पतालमा रहेको इजरायलको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
कतारी विदेश मन्त्रालयका प्रवक्ता डा माजेद अल-अन्सारीका अनुसार बिहीबार रिहा गरिएका बन्धकहरूको पूर्ण समूहमा दोहोरो नागरिकता भएकाहरूमध्ये एक मेक्सिको, एक रुस र एक उरुग्वेका महिलाहरु रहेका छन्।
प्रतिक्रिया