ढुङ्गाना प्रतिष्ठानको ललितपूर जिल्लाको अध्यक्षमा सावित्री ढुङ्गाना

इनेप्लिज २०८० मंसिर १० गते ७:०५ मा प्रकाशित

ढुङ्गाना प्रतिष्ठान मिति २०५५ सालमा सम्र्पूण ढुङ्गाना बन्धुहरुलाई एकताको सुत्रमा बाँधी एक बनाउनको लागि स्थापित संस्था हो । यो संस्था नेपाल लगायत विश्वका विभिन्न देशमा फैलिएको छ ।


त्यसै अनुरुप बागमती प्रदेशको ललितपूर जिल्लाको साधारण सभा मिति २०८० साल मंसिर ०९ गते केन्द्रिय अध्यक्ष श्री जनकराज ढुङ्गानाज्युको प्रमुख आतिथ्यमा ललितपूर जिल्लाको पञ्चेश्वर मन्दिर, कुसुन्तिमा सम्पन्न भयो ।

सो साधारण सभाबाट सावित्री ढुङ्गाना निर्विरोध रुपमा अध्यक्षमा चुनिएकी छन् । उहाँको अध्यक्षताका नौ सदस्यको जिल्ला कमिटि बनेको छ । जसमा ऋषिकुमार ढुङ्गाना उपाध्यक्ष, एलिसा ढुङ्गाना सचिव, दाताराम ढुङ्गाना कोषाध्यक्ष त्यसै गरी करुणाकर ढुङ्गाना, सुधाकर ढुङ्गाना, उर्मिला ढुङ्गाना, निरज ढुङ्गाना, नबराज ढुङ्गाना सदस्यमा चुनिएका छन् ।

प्रतिक्रिया