क्यानेडियन नेवाः गुठि द्वारा नेपाल सम्बत ११४४ तथा म्ह पुजा कार्यक्रम सम्पन्न

इनेप्लिज २०८० मंसिर १ गते २२:४० मा प्रकाशित

मिस्सिसागा, क्यानेडियन नेवाः गुठिले नयाँ बर्ष नेपाल सम्बत ११४४ समारोह तथा म्ह पुजा कार्यक्रम संयुक्त रुपमा सम्पन्न गरेको छ। कार्यक्रमको शुरुमा म्ह पुजाका सबै सहभागिहरुले नेपाल सम्बत ११४४ को बायनर सहित भिन्तुना ~याली गरि कार्यक्रम परिसर क्षेत्र परिक्रमा गरेका थिए भने ~याली सहभागिहरुलाई म्ह पुजा स्थल प्रबेश गर्दा फूल तथा अक्षता द्वारा स्वागत गरिएको थियो। तत्पस्चात कार्यक्रममा स्वागत मन्तब्य दिनु हुदै गुठिका महासचिब डा. प्रज्वल प्रधानले नेवाः सस्कृतिलाई प्रबर्द्दन तथा प्रचार गर्न गुठिले बिभिन्न कार्यक्रम गर्दै आएको बताउनु हुदै नयाँ बर्ष ने. सं. ११४४को उपलक्षमा सबैमा शुभकामना ब्यक्त गर्नु भयो।

कार्यक्रममा शुभकामना ब्यक्त गर्नु हुदै क्यानेडियन मल्टीकल्चरल एशोसियसनका कार्यकारी उपाध्यक्ष एबम सेन्टेनियल कलेजका प्रा. डा. तुल्सी धरेलले नेपालको संस्कृति प्रबर्द्दनमा गुठिले गर्दै आएको कार्यहरुको सराहना गर्नु हुदै हालै नेपाल सरकारले नेपाल सम्बतलाई सरकारी कामकाजमा प्रयोग गर्ने निर्णय गरेको स्मरण गराउनु भयो। साथै उहाँले क्यानेडियन मल्टीकल्चरल एशोसियसनले नेपाल लगायत एशिया महादेशका बिभिन्न सस्कृति, भेषभुषा, खानाको प्रबर्द्दन गर्दै आएको बताउनु भयो। शुभकामना मन्तब्यको क्रममा एन.आर.एन. क्यानडाका उपाध्यक्ष किरोज श्रेष्ठले नेवाः संस्कृति तथा भाषा बारे आफू लाई कम मात्रै थाहा भएता पनि यसरि बिभिन्न समयमा गरिने कार्यक्रममा सहभागिताले आफ्नो ज्ञान बृद्दि भएको र साथै समस्ति रुपमा संस्कृतिको पनि प्रबर्द्दन हुने बताउनु भयो।

अर्का बक्ता ब्रोक बिस्वबिद्यालयका प्रा.डा. टम ओ नीलले गुठिका कार्यक्रमहरु आफूलाई मन परेर पहिले देखिनै संलग्न भै आएको र बिस्वबिद्यालय र गुठिको संहकार्यमा केहि बर्ष अगाडी आप्रबासीहरु बारे अनुसन्धान गरेको स्मरण गर्नु भयो। अर्का बक्ता नेवाः बौद्ध धर्ममा टोरोन्टो बिस्वबिद्यालयबाट पिएच. डी. गरिराख्नु भएका ईयन टर्नरले सबैलाई नयाँबर्षको शुभकामना ब्यक्त गर्नु हुदै नेवाः समुदाय संस्कृति, जात्रा पर्ब, खाना भेषभुषामा अतिनै सम्पन्न रहेको बताउनु भयो। साथै उहाँले गुठि संग आबद्द भै बिभिन्न कार्यक्रममा सहयोग र संलग्न हुदै आएको बताउनु भयो। उहाँले आफ्नो मन्तब्य नेपालभाषामा राख्नु हुन्दा सबै आस्चर्य चकित भै ध्यान दिएर सुनिरहेका थिए।

कार्यक्रममा नयाँ बर्ष ११४४ तथा स्वन्ति नखः (तिहार)को उपलक्षमा शुभकामना ब्यक्त गर्नु हुदै गुठिका अध्यक्ष उत्तम माकःजुले बिस्वमा नेपाल सम्बत मात्रै एउटा यस्तो सम्बत हो जुन राष्ट्रको नामबाट नामाकरण गरिएको र यसका प्रबर्तक शंखधर साख्वालले यो सम्बत शुरु गर्दा सामाजिक समानता र सुधारको भाबनालाई केन्द्रित गरेको आफूलाई लागेको बताउनु भयो। साथै उहाँले नेवाः समुदायको मौलिक पर्ब म्ह पुजाले सस्कृतिको मात्र प्रतिनिधित्व नगरि अरुलाई बुझ्नु अगाडी आफूले आफैलाई बुझ्न आत्मा पुजा गर्ने परम्परा नेवाः समुदायमा मात्रै रहेकोले यस पर्बले जीबन दर्शणबारे पनि प्रकाश पारेको बताउनु भयो।

कार्यक्रमको तेश्रो चरणमा बिधिबत रुपमा म्ह पुजा संचालन गरिएको थियो भने म्ह पुजामा शान्ति कर्माचार्य, नंदा महर्जन, गायत्री श्रेष्ठ, सुज श्रेष्ठ, चन्दा श्रेष्ठ,सबिना शाक्य, प्रतिमा प्रधान, शोभा स्थापित, पुजा श्रेष्ठ, श्रेया जोशी, लजना महर्जन, दृष्टिका श्रेष्ठ,नीलु किसिजु,समिता श्रेष्ठ, शृजना सहितको समूहले सहजिकरण गर्नु भएको थियो। म्ह पुजाको सगुण खानु भन्दा अगाडी सम्पूर्ण सहभागिहरुले “न्हूदँया भिन्तुना” भनि तीन पटक सामुहिक रुपमा बाचन गरिएको थियो। कार्यक्रमको अन्त्यमा गुथिका सास्कृतिक सचिब राजेन्द्र महर्जनले गुथिको यो नेवाः संस्कृति सम्बर्द्दन कार्यमा सहयोग गर्नु हुने सम्पूर्ण महानुभाबहरुमा हार्दिक कृतज्ञता ब्यक्त गर्नु हुदे भबिष्यमा पनि सहयोग प्राप्त भै रहने बिस्वास ब्यक्त गर्नु भयो।

कार्यक्रमको अन्त्यमा सुशिल अणु, प्रतिक प्रधान, जलेन्द्र शाक्य, उत्तम माकःजु लगायतले नेपालभाषा तथा नेपाली गीत प्रस्तुत गरेका थिए भने सबिना शाक्यले “सालुगु गाःचा साले मते” गीतमा सुन्दर नृत्य प्रस्तुत गरेका थिए। त्यस्तै गरि क्यानेडियन नागरिक नेवाः बौद्ध धर्ममा टोरोन्टो बिस्वबिद्यालयबाट पिएच. डी. गरिराख्नु भएका ईयन टर्नरले नेवाः गीत ” वा माया वा वा” गीत मादलको तालमा गाउन्दा सबैले तालि बजाएर साथ दिएका थिए। सो कार्यक्रमको संचालन श्रेया जोशीले गरेका थिए।

प्रतिक्रिया