बिक्री भएको ,कित्ताकाट नभएको जग्गा बैंकले कर्जा दियो, कर्जा प्रकरणमा बैंक,भ्याुएटर र जग्गा मालिकको संलग्नताको आशंका

इनेप्लिज २०८० कार्तिक २३ गते ११:५८ मा प्रकाशित

धनगढी, कार्तिक २३÷ कैलालीको लम्की चुहा नगरपालिका वडा नम्बर ४ साविक (३ ) वडा बस्ने जयराम चौधरीले किर्ते कागजात मिलाएर पुर्वपश्चिम राजमार्गमा पर्ने ७ क कट्ठा जमिन धितोमा राखेर एक करोड ७२ लाख ८७ हजार रुपैयाँ कर्जा लिएका छन् ।

चौधरीको नाममा रहेको लम्की चुहानगरपालिका वडानम्बर ४ स्थित पूर्वपश्चिम राजमार्गमा पर्ने ७ कटठा मध्ये ४ पटट ५२ धुर जमिन राजमार्गले काटेपछि जम्म बचेको १ पकटठा १ धुर मात्र बचेको उक्त जमिन मालपोतमा लगत कटट नगरिकनै सो रकम कर्जा लिएको पाइएको छ ।

चौधरीले भवानी डिजाई ईन्जीनियरिङ सोलुसनले प्लट नम्बर ३ सय ९३ को २३७०.४१ बर्ग मिटरको जमिनलाई २०७८ चैत्र १३ गतेका दिन पूर्वपश्चिम राजमार्गमा पर्ने उक्त जमिनलाई फिल्डमा गएर लालपुर्जा अनुसार पुरा जमिन रहेको र बास्तविक क्षेत्रफलमा समेत थप बढाएर २३७०.४१ बाट २०७२.५८ कायम गरेर भ्यालुएसन गरेको रिपोर्टमा उल्लेख छ ।

लम्की स्थित एनएमबि बैंक शाखाले प्रतिकटट ६४ लाख कायम गरि ३० प्रतिशत कटाएर ७० प्रतिशत रकम दिनसक्ने गरि जम्मा १ करोड ७२ लाख ७८ हजार रुपैयाँ लोन स्वीकृत गरेको पाएको छ ।

एनएमबि बै.क शाखा लम्कीबाट ठूलो उक्त लोन पाएका जयराम चौधरीको पूर्वपश्चिम राजमार्गमाले वडानम्बर ३ को कित्ता नम्बर ३९३ को क्षेत्रफल ०—७—० (वि.क.धु) कित्ता जग्गाको क्षेत्रफल एकिन सम्बन्धमा उक्त कित्ता जग्गाको उत्तरतर्फ रहेको कि.नं .१०० को सिमानालार्य आधारमानी नक्सा अनुसार रेखाँकन गर्दा कि.नं. ३९३ को दक्षिणतर्फ जोडिएको पूर्वपश्चिम महेन्द्रराजमार्गले सो कित्ता जग्गाबाट क्षेत्रफल ०—५—१९ काटी क्षेत्रफल ०—१—१ ( वि.क.धु) मात्र बाँकी रहेको व्यहोरा सहितको पत्र टीकापुर नापी शाखाले २०८०÷०४÷३२ गते क्षेत्रफल एकिन गरेको पाइएको छ ।

नापी कार्यालयबाट ट्रेस नक्सा,फिल्ड नापजाँचको पत्र समेत भ्यालुएटर अर्थात भवानी डिजाई ईन्जीनियरिङ सोलुसनले प्राप्त गरिसक्दापनि बिक्री भएको ,फिल्डमा जग्गानै नभएको केवल मालपोत कार्यालयमा लगत कटट नगरेको लालपुर्जालाई आधार बनाएर जग्गाको अस्वभाविक बजार मूल्य तोकेर करोडौं रकम कर्जा दिने कार्यमा एनएमबि बैंक लम्की शाखा, कर्जावाल जयराम चौधरी र भवानी डिजाई ईन्जीनियरिङ सोलुसनका रमेश खड्काको मिलेमतो रहेको बुझिएको छ । यस सम्बन्धमा भवानी डिजाई ईन्जीनियरिङ सोलुसनका रमशे खड्का संग सम्पर्क गर्न खोज्दा उनको ९८५८४२४८७३ मा सम्पर्क गर्दा पुरानो फार्यल भएकाले अहिलै खासै केहि भन्न नसकिने र आफु काठमाण्डौ भएकोले पछि बुझेर कुरा गर्न सकिने जवाफ दिएका छन् ।

एनएमबि बैक लम्की शाखा र कर्जावाल जयराम चौधरीका सम्बन्धमा सम्पर्क नभएका कारण दुवैपक्षको धारणा अर्को अंकमा समेटर समाचार प्रकाशित हुनेछ ।

-बीरेन्द्र रावल

प्रतिक्रिया