अमेरिकामा बस्दै आएका दोश्रो पुस्ताका युवतीहरुका दशैँका तस्बिरहरुमा रमाउदै

इनेप्लिज २०८० कार्तिक २ गते १:०६ मा प्रकाशित

तस्बिर : राजीव श्रेष्ठ (फोटो बैंक स्टुडियो )

३ दशक देखि फोटोग्राफर(छायाचित्रकार) पेशामा संलग्न रहदै आएका प्रसिद्ध छायाचित्रकार राजिब श्रेष्ठले अमेरिकाको डिसी महानगर क्षेत्रमा बसोबास गर्ने नेपाली मूलका दोश्रो पुस्ताका युवतीहरुको सामुहिक दशैका तस्बिरहरु कैद गरेका छन् ।

यतै जन्मेका र सानो उमेरमा अमेरिका आएका दोश्रो पिढीलाई समेत उनले नेपालका चाडपर्वको बारेमा जानकारी गराउदै भेषभुषा मार्फत चाडपर्वलाई चिनाउदै आएका छन् ।

श्रेष्ठले नेपाल हुँदा नेपाली चलचित्र र मोडेलिङ्ग (प्रतिरुपण )क्षेत्रका कैयौ कलाकारहरुलाई समेत आफ्नो क्यामरा (चित्रग्राहिणी)मार्फत उनीहरुलाई दर्शक माझ पुर्याउन अहम भूमिका निर्वाह गरेका छन् । सोही क्रमलाई अमेरिकामा अपनी उनले निरन्तरता दिदै आएका छन् ।

अमेरिकामा नेपाली समुदायले मनाउने नेपालका चाडपर्वहरु जस्तै तीज,तिहार ,होली लगायतमा समेत उनले तस्बिर खिची अमेरिकामा नेपाली समुदायका सदस्यहरु समेतलाई अवसर दिदै दर्शक माझ पुर्याई रहेका छन् ।

दसैँका तस्विरहरुमा हुने मोडल(प्रतिरुप)हरुमा प्रतिष्ठा प्रधान ,सम्रिना मानन्धर,लुजला रंजित ,रेचल वैद्य तथा समिधा श्रेष्ठ रहेका छन् ।

प्रतिक्रिया