हामी नेपाली ग्लोबल न्युयोर्क च्याप्टरमा बिरेन्द्र जंग केसी अध्यक्ष पदमा चयन

इनेप्लिज २०८० कार्तिक १ गते २३:१९ मा प्रकाशित

हामी नेपाली ग्लोबल न्युयोर्क च्याप्टरको दोश्रो अधिबेशनले बिरेन्द्र जंग केसीलाई अध्यक्ष पदमा चयन गरेको छ । कार्यक्रममा प्रमुख अतिथि हामी नेपाली ग्लोबलका केद्रीय सभापति ,बिशेष अतिथि पररास्ट्र मंत्रालयका नेपाल सरकारका शाखा अधिकृत प्रतिज्ञा राईले कार्यक्रममा शुभकामना दिदै नेपाल र नेपालीको हितको नमुनामा काम गर्दै जानु होला भन्दै शुभकामना दिएकी थिइन् ।

प्रमुख अथिति लामाले कार्य समिति सबैलाई शुभकामना दिएका थिए । फिप्नाका महासचिव टोमा लामाले आउने दिनमा हामी नेपाली ग्लोबलसग मिलेर काम गर्ने बताए । पदाधिकारी तथा कलाकार बसन्ती राईले स्वागत मन्तब्य राखेकी थिइन् ।

न्यूयोर्कको च्याप्टरका सभापति हेमन्त मल्लले नया कार्यसमितिलाई कार्यकालको शुभकामना ब्यक्त गरेका थिए ।

पूर्व माननीय बिजुल बिक बिशेष अतिथिको रुपमा उपस्थित रहेका थिए । उनले पहिला कार्य समितिलाई कार्यकाल सकिएकोमा बधाई दिदै नया चयन भएको कार्य समितिलाई शुभकामना दिएका थिए ।

हामी नेपाली ग्लोबलका युथ संयोजक लकेस श्रेष्ठले कविता सुनाउदै आउने दिनहरुमा सस्थाले नया कामहरु गर्दै जाने बताए । कलेज पोइन्ट सिभिक एण्ड ट्याक्स पेयर्स एसोसिएसनका अध्यक्ष ,न्यूयोर्क शहरका नगर प्रमुख एरिक एडम्सका एसियन एडभाइजरी काउनसिल तथा हामी नेपाली ग्लोबल केन्द्रका प्रथम उपाध्यक्ष नवराज केसीले उपस्थिति सबैलाई धन्यवाद दिदै आज सम्म सस्थालाई सहयोग गर्ने हुने सबैलाई धन्यवाद ज्ञापन दिदै सफलताको शुभकामना दिएका थिए ।

कार्यक्रम हेल्लो अमेरिका प्रस्तोता साथै हामी ग्लोबल अमेरिका महासचिब सुमन लिम्बुले संचालन गरेका थिए ।

गत अक्टोबर ७, २०२३ शनिबार न्युयोर्कको क्विन्स ज्याक्सन हाईट्स स्थित नेपाली भान्छा घरको हलमा सम्पन्न अधिबेशनले अध्यक्षमा पदमा बिरेन्द्र जंग केसीलाई सर्बसम्मत चयन गरेको हो ।

हामी नेपाली ग्लोबलका केन्द्रिय अध्यक्ष अमृत लामाको प्रमुख आतिथ्यता, न्युयोर्क च्याप्टरका निबर्तमान अध्यक्ष ध्रुब कॅुवरको सभापतित्व, हामी नेपाली ग्लोबलका प्रबक्ता केशब राम राई र हामी नेपाली ग्लोबल, अमेरिकाका बरिष्ठ उपाध्यक्ष नवराज केसीको बिशिष्ट आतिथ्यतामा संस्थाको न्युयोर्क च्याप्टरको दोस्रो अधिबेशन सुरु भएको थियो ।

सुमन थाम्साहांग लिम्बुले औपचारिकता गरेको अधिबेशनले अध्यक्षमा बिरेन्द्र जंग केसी संगै सर्बसम्मत बरिष्ठ उपाध्यक्ष पदमा बसन्ती राई, दोस्रो उपाध्यक्ष पदमा सुवर्ण शाक्य, तेस्रो उपाध्यक्ष पदमा जोसिका माथिक, महासचिब पदमा शान्ति जिरेल, सचिब पदमा सोनिया तामांग, कोषाध्यक्ष पदमा सेन्थुन लामा, सह-कोषाध्यक्ष पदमा लेखनाथ पौडेल र सदस्यहरुमा बिमा कुमारी दुरा, पासांग नोर्बु शेर्पा, महादेब त्रिपाठी, दिनेश सुनार, छिरिंग शेर्पा, अमर अनुराग, अजय कुमार शाह, मनोज बुढा मगर, सुरेन लामा, निमा सोनम शेर्पा, कर्म लामा, निमा शेर्पा, लक्ष्मी थापा कार्की, सरोज तिमिल्सिना र अकिन्द्र केसीलाई चयन गरेको हो ।

कार्यक्रम ध्रुब कुँवरको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया