विराटनगर,२८ असोज कोशी प्रदेशका नव नियुक्त मुख्यमन्त्री केदार कार्कीले सरकार निर्माणवाट प्रदेशमा राजनीतिक सङ्कट अन्त्य भएको बताउनु भएको छ।
नव नियुक्त मुख्यमन्त्री कार्कीले प्रदेश प्रमुख कार्यालय परिसरमा आज शपथ ग्रहण पछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मध्यावधि निर्वाचन हुने सम्भावना प्रदेशवाट टरेको प्रष्ट पार्नु भयो ।
मुख्यमन्त्री कार्की मध्यावधि निर्वाचनवाट ढुकुटीबाट हुने खर्चको चिन्ता समेत अव अन्त्य भएको विचार राख्नु भयो ।
उहाँले प्रदेशमा शान्ति, सद्भाव र समुदायवीच सौहार्दपूर्ण बातावरण कायम राख्नु सरकारको मुख्य प्राथमिकता रहेको चर्चा गर्दै यसका लागि छलफल , सम्वाद एवं वार्ताद्वारा समस्या समाधानका लागि कार्य अगाडि वढाउने उद्घोष समेत गर्नु भयो ।
प्रदेशको सामाजिक, सांस्कृतिक लगायत विभिन्न विषयमा सम्वन्धित पक्षसँग वार्ता, र सहमती कायम गरी प्रदेशको समृद्धिका लागि अगाडि वढ्ने उहाँले धारणा राख्नु भयो ।
मुख्यमन्त्री कार्कीले सरकारको ध्यान अव भौतिकका साथ साथै मानवीय विकास समेत हुने बताउनु भयो ।
प्रतिक्रिया