कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त

इनेप्लिज २०८० असोज २७ गते १५:२१ मा प्रकाशित

विराटनगर,२७ असोज । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका केदार कार्की नियुक्त हुनु भएको छ।

मुख्यमन्त्री कार्कीलाई नेकांका आठ तथा नेकपा एमालेका ३९ प्रदेश सभाका सदस्यहरुको समर्थन प्राप्त रहेको छ।

मुख्यमन्त्रीमा नियुक्त अघि कोशी प्रदेशका प्रदेश प्रमुखको उपस्थितिमा सदस्यहरुको हस्ताक्षर सनाखत गरिएको थियो ।

कार्कीलाई नेपालको संविधानको धारा १६८ को उपधारा (५) बमोजिम नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

मुख्यमन्त्री पदको शपथ ग्रहण असोज २८ गते आइतबार हुने भएको छ।

प्रतिक्रिया