विराटनगर, २६ असोज । कोशी प्रदेशका प्रदेश प्रमुखको कार्यालय विराटनगरले प्रदेशको मुुख्यमन्त्री पदको नियुक्तिका लागि दावी भए बमोजिम भोलि बिहान(शनिबार) असोज २७ गते बिहान ८ बजे देखि २ बजे सम्म परिचय खुल्ने प्रमाणपत्र सहित उपस्थित हुन सयम थप गरेको छ ।
प्रदेश प्रमुख परशुराम खापुङ्गले मुख्यमन्त्री पदका लागि असोज २० गते गर्नुभएको आह्वानमा प्रदेश सभा सदस्य केदार कार्की र नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले ४७÷४७ जनाको दावी सहित पेश गर्नुभएकोले सदस्यहरुको नाम दोहोरिएको कारणले सनाखतका लागि शनिवारसम्मका लागि समय थप गरिएको कार्यालयद्वारा आज साँझ जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
नेकांका कार्की मुख्यमन्त्रीमा नियुक्तिका लागि एमालेका सहित ४७ सदस्हरुका साथ प्रदेश प्रमुखको कार्यालयमा आज साँझ उपस्थित हुनु भएको थियो ।
प्रतिक्रिया