कोशी प्रदेश मुख्यमन्त्री कार्की – शोक विज्ञप्ति

इनेप्लिज २०८० असोज २२ गते १३:२६ मा प्रकाशित

विराटनगर,२२ असोज : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्यालेस्टाइनी लडाकु समुह हमासले शनिबार बिहानबाट इजरायलमा सुरु गरेको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीहरुको मृत्यु भएको खबरले सम्पूर्ण नेपालीहरुलाई स्तब्ध बनाएको उल्लेख गर्नु भएको छ।

मुख्यमन्त्री कार्कीद्वारा आज साँझ जारी गर्नु भएको एक शोक विज्ञप्तिमा घटनामा परी राजेशकुमार स्वर्णकार (सुनसरी), नारायण न्यौपाने (कैलाली), गणेशकुमार नेपाली ( बझाब), आशिष चौधरी (कैलाली) दिपेशराज विष्ट (दार्चुला), आनन्द साह (धनुषा), राजन फुलारा (डोटी), पदम थापा (डोटी), प्रवेश भण्डारी (सल्यान) र लोकेन्द्रसिंह धामी ( दार्चुला)को मृत्यु भएकामा दुःख व्यक्त्त गर्नु भएको छ। शोक विज्ञप्तिमा अप्रत्यासित रुपमा भएको यो दुःखद घटनाप्रति कोशी प्रदेश सरकार गहिरो दुःख व्यक्त गर्दै उहाँले यस दुःखद घडीमा शोकाकुल परिवारजनमा हार्दिक समवेदना एवं मृतकहरुप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछ ।

मुख्यमन्त्री कार्कीले उक्त घटनामा परी मृत्यु भएका मृतकका शव पहिचान गरी यथाशक्य चाँडो नेपाल ल्याउन, घाइतेहरुको उद्दार तथा उपचारको प्रवन्ध मिलाउन, वेपत्ताहरु को खोजी गर्न, युद्धको चपेटामा परेका नेपालीहरुको आवश्यक तथ्याब्क सब्कलन गरी अविलम्ब स्वदेश फर्काउन आवश्यक कुटनीतिक पहल गर्न र मृतकका परिवारलाई आवश्यक राहत उपलब्ध गराउन नेपाल सरकार समक्ष प्रदेश सरकार हार्दिक अनुरोध गर्दछ ।

प्रतिक्रिया