विराटनगर,२० असोज : कोशी प्रदेशका प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेश सभामा आफ्नो पदबाट राजीनामा दिनु भएको छ।
प्रदेश सभाको आज दिउँसो १ बजे वस्ने भनिएको बैठक दिउँसो २ः५५ मा सञ्चालन भएपछि मुख्यमन्त्री कार्की सभालाई सम्वोधन गर्दै राजीनामा दिनु भएको हो ।
मुख्यमन्त्री कार्की नेपालको संविधानको धारा १६८ को उपधारा (३) वमोजिम नियुक्त हुनु भएको थियो ।
मुख्यमुन्त्री कार्की गएको भदौ २२ गते साँझ नियुक्ति भई पद तथा गोयनियताको शपथ ग्रहण लिनु भएको थियो ।
प्रदेशमलाई मध्यावधिमातर्फ नलान एवं जनताको चाहना निर्वाचन अहिले नभएकोले राजीनामा दिएको उहाँले सभामा बताउनु भएको छ।
प्रदेश सभामा नेपाली कांग्रेसका २९, नेकपा एमालेका उपसभामुख सहित ४०, नेकपा माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादीका चार, जसपा एक र राप्रपाका छ जना सांसद छन्।
प्रदेशका कार्यवाहक सभामुख सिर्जना दनुवारले अर्को जारी नभएसम्मका सभा स्थिगित गरिएको सदनलाई जानकारी दिनु भयो ।
प्रतिक्रिया