लामो समयदेखि प्रवासमा बसेर व्यवसायिक सफलताको साथसाथै समाजसेवामा समेत आफ्नो छुट्टै पहिचान बनाउन सफल महिला हुन टिका गुरुगं।
ब्रिटिश गोर्खाको भर्तीसंग शुरु भएको नेपालीहरुको आप्रवासन हंगकगंमा बलियो छ। आप्रवसनको पहिलो र दोस्रो पुस्ताको लागि नमुना बनेकी टिका गुरुंगको गैर आवासीय नेपाली संघसंगको सम्बन्ध पनि लामो छ। सन २००९ बाट एवं आरएन हंगकंग कार्यसमिति सदस्यबाट शुरु भएको यात्रा, कोषाध्यक्ष, महिला संयोजक हुदै दुई कार्यकाल अध्यक्ष हुदां निकै निखारियो । २०२१- २३ को जम्बो टिम बनेकै कारण संघको पदमा बसेर समाजसेवा गर्न पाइन र संघलाई कुनै योगदान दिन पाइन भन्नेहरुको लागि टिका गुरुगं गतिलो उदाहरण हुन।
नेपाली सामान प्रबंधन समितिको संयोजक बनेर नेपाली उत्पादनलाई विदेशका कुनाकुनामा पुर्याउन सफल टिका गुरुंगले सडक बालबालिकाको उत्थानमा गठित समितिको संयोजक बनेर ६० लाख बराबरको आर्थिक सहयोग जुटाउन सफल भइन । सकृय महिला सचिवको रुपमा परिचित टिका गुरुंग पुन महिला सचिवको उम्मेद्वार बनेकी छिन। एउटै पदमा किन दोहोर्याउन चाहनु भयो भन्ने प्रश्नमा उनी भन्छिन,”यो कार्यकालका केही अधुरा परियोजना पुरा गर्न र नयां परियोजना समेत शुरु गर्न चाहन्छु । मेरो लागि पद भन्दा पनि यो संघमा मैले व्यक्तिगतरुपमा दिन सक्ने योगदान महत्वपूर्ण रहेको छ। माथिल्लो पदमा बसेर छिट्टै नै यो अभियानबाट हट्ने इच्छा छैन ।”
आगामी १७-२० अक्टोबर सम्म हुन लागेको अधिवेशनमा आफुलाई अत्याधिक मतले विजयी गराइदिन संसारभरका महिला, युवा र पुरुष प्रतिनिधिहरुमा अनुरोध गर्दै उनी भन्छिन, “आरक्षण हट्नु पर्छ भन्ने केहीको आवाज़ छ तर विधानले आरक्षित पद तोक्दा त महिला सहभागिता कम छ, विश्वभर छरिएर रहेका महिला दिदीबहिनीहरुलाई एउटै मालामा जोड्नु मेरो यस पटकको विशेष संकल्प हो।”
प्रतिक्रिया