सेप्टेम्बर २९ । काठमाडौं
गैरआवासीय नेपाली संघ (एनआरएनए)को भावी उपाध्यक्षका लागि रविनप्रसाद शेरचनलाई नेपालका बरिष्ठ गायक तथा संगितकारहरूले खुलेर समर्थन गरेकाछन् । बरिष्ठ संगितकार दिप श्रेष्ठले फेसबुक स्टोरिमा लेखेका छन् “जापानमा रहेर विभिन्न नेपाली संगीत, कला, संस्कृति र सामाजिक कार्यका सहयोगी, सफल व्यवसायी मेरो प्रिय भाइ रोविन शेरचनलाई एनआरएनए आईसीसी उपाध्यक्ष पदमा विजयी गराउनका लागि सम्पूर्ण शुभचिन्तकहरुमा हार्दिक अनुरोध गर्दछु। दिप श्रेष्ठ अन्तमा लेखेका छन् ।
त्यस्तै अर्का चर्चित गायक राजेस पायल राई आफ्नो फेसबुक वालमा लेख्छन् “ एक होनहार कर्मठ युबा, अब जिताउने हाम्रो जिम्मा, भोट फर रविन दाई “ पायलले रबिन शेरचनको चुनाबी ब्यानर सहितको पोस्टर समेत संगै सार्वजनिक गरेका छन् । भने अर्का बरिष्ठ गायक यम बराल लेख्छन् “नेपालीको शान नेपालीको मान,आदरणीय रोबिन शेरचन दाईलाई अग्रिम जीतको शुभ कामना “ भन्दै बरालले चाही बिजयीको शुभकामना नै दिएका छन् । अर्का चर्चित गायक निमा रूम्बा रेविन शेरचनको वालमै गएर लेख्छन् “ डियर रोबिन शेरचन दाई नमस्ते माई बेस्ट वईसेज एण्ड गुड लक टु यूं “
नखानु पानि तुम्बाको र खासा जार लगायत चर्चित गितका गायक बिजय लामाले आफ्नो फेसबुक स्टाटसमा लेख्छन् “मेरो अत्यन्तै प्रिय दाइ जापान शहरको सफल व्यावसायिक समाज शेवा मा सधै जिवन समर्पित गर्नु भइ र परदेशमा हरेक नेपालीको दुखको साथी प्यारो दाइ रबिन शेरचन ज्युलाई यसपालिको एनआरएनए आईसीसी को उपाध्यक्ष पदमा तपाईहरुको अमुल्य मत दिएर बिजय गराउन हुन तपाईं हरुमा मेरो विनम्र अनुरोध गर्दछु प्रिय दाई लाई अग्रिम शुभकामना वेस्ट वईसेज डियर दाई “ यसरी रविन शेरचन प्रति अन्य गायकहरू ईश्वर गुरूगं, रामकृष्ण बम मल्ल लगायतका कयौ कलाकारहरूले खुलेर समर्थन गर्ने क्रम जारि रहेको छ ।
सन् १९८८ मा उच्च शिक्षाको लागि विद्यार्थी भिषामा जापान प्रवेश पुगेका रोविनप्रसाद शेरचन टोकियोमा रहेका नेपालीहरूमध्येका होटल तथा रेष्टुरेण्ट व्यवसायमा स्थापित नाम हो । दुई दशकभन्दा लामो कडा मेहनत र निरन्तरको लगावले जापानमा नेपाली र जापानिज समाजमा चिरपरिचित सफल व्यवसायीका रूपमा हुनुहुन्छ ।
विगत दुई दशक यता जापानमा संघ–संस्था तथा कम्पनीहरूले आयोजना गर्ने विभिन्न सांस्कृतिक कार्यक्रमहरू सफल पार्न, नेपालमा हुने प्रकृतीक विपत्तिमा आर्थिक सहयोग गर्न, आपत् बिपद्मा परेका नेपालीहरूलाई आवश्यक सहयोग गर्ने प्रमुख सहयोगी हात (दाता)का रूपमा समेत उनलाई सबैले प्राथमिकतामा साथ पहिलो सूचीमा राख्ने गर्दछन् ।
गैरआवासीय नेपाली संघ जापानको सल्लाहकार रहेका शेरचनले यसअघि मानार्थ सदस्यमा र आईसीसी सदस्य रहेर पनि भूमिका निर्वाह गरिसकेका छन् भने उहांले जापानमा सयौं नेपाली तथा बिदेसीहरू लाई रोजगारी समेत दिनुभएको छ ।
प्रतिक्रिया