विराटनगर,११ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यही असोज १२ र १३ गते हुने एमाले कोशी प्रदेश प्रथम अधिवेशनको भोलि शुक्रबार विराटनगरमा उद्घाटन गर्नु हुने भएको छ ।
पार्टीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा अधिवेशनको उदन्घाटन अध्यक्ष ओलीले गर्नुका साथै सम्पूर्ण तयारी पुरा भएको जनाएको छ।
दुई दिनसम्म सञ्चालन हुने अधिवेशनमा एक हजार ५० प्रतिनिधिहरुको सहभागिता हुने प्रदेश इन्चार्ज एवं पूर्व मन्त्री रघुविर महासेठले बताउनु भयो ।
अधिवेशनले सहमतीको आधारमा नयाँ नेतृत्व चयन गर्नुका साथै प्रदेश नामकरण र पार्टी सुद्धिकरण विषयमा छलफल हुने प्रदेश अध्यक्ष तुलसी न्यौपानेले बताउनु भयो ।
सङ्घीय संरचना अनुसार एमालेको यो पहिलो अधिवेशन हुनुका साथै पाँच पदाधिकारी सहित २१५ सदस्यीय कमिटी निर्माण हुने अधिवेशन प्रचारप्रसार समितिका संयोजक शैलेस लामाले जानकारी दिनु भयो ।
प्रतिक्रिया