विराटनगर,११ असोज : कोशी प्रदेशसभा उपसभामुख सिर्जना दनुवारले ऐन, कानुनहरु अपाङ्गतामैत्री हुनुपर्ने बताउनु भएको छ ।
राष्ट्रिय अपाङ्ग महासंघ कोशी प्रदेश विराटनगरले आज यहाँ आयोजित प्रदेशका विद्यमान नीति तथा कानून विश्लेषणको निश्कर्षबारे छलफल र समावेशी कानुन निर्माणका लागि योजना निर्माण कार्यशालामा उहाँले ऐन, कानुनहरु अपाङ्गतामैत्री भएमा सवैका लागि हुने धारणा राख्नु भयो ।
कावा सभामुख दनुवारले अपाङ्गताको सवालमा संवेदनशिल बन्न आग्रह गर्नुहुँदै संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरुलाई पनि अपाङ्गताका सवालबारे ध्यानाकर्षण गराउन आग्रह गर्नु भयो ।
कोशी प्रदेशसभा सदस्यहरु खड्गबहादुर बस्नेत,जयप्रकाश चौधरी,, गीतारानी महतोृ, शिला दिक्षित कार्कीले अपाङ्गतामैत्री कानुन निर्माण गर्ने प्रतिबद्धता जनाउदै अपाङ्गताको सवाललाई गंभिरतापुर्वक संसदमा आवाज उठाउने प्रतिवद्धता व्यक्त्त गर्नु भयो ।
राष्ट्रिय अपाङ महासंघ कोशी प्रदेशका अध्यक्ष नविनचन्द्र ढुङ्गेलले अपाङ्गतामैत्री ऐन कानुन निर्माणका लागि निरन्तर खवरदारी गरिरहेको बताउँदै अपाङ्गतामैत्री संरचना निर्माणका लागि सरकारले परिपत्र जारी गरेपनि कार्यान्वयनको अवस्था राम्रो नभएको बताउनु भयो ।
अध्यक्ष ढुङ्गेलले कोशी प्रदेश लोकसेवा आयोग नियमावली २०७७ को अपाङ्गता भएका व्यक्तिहरुको अधिकारका दृष्टिकोणबाट गरिएको पुनरावलोकन तथा विश्लेषण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
प्रतिक्रिया