अमेरिकाको न्यु जर्सीको एक घरमा विस्फोट हुँदा ५ जनालाई अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई उदग्रबिमान( हेलिकप्टर)बाट अस्पताल लगिएको छ ।
न्यु जर्सीको वेस्ट मिलफोर्डको घरमा राति ९ बजेतिर भएको विस्फोटबाट ठूलो क्षति पुगेको वेस्ट मिलफोर्ड प्रहरी विभागले एक विज्ञप्तिमा जनाएको छ।
घटनास्थलमा छैटौं व्यक्तिले थप उपचार गर्न अस्वीकार गरेको प्रहरीले बताए । वेस्ट मिलफोर्ड सहायक अग्नि नियन्त्रणका प्रमुख रिच पोप्लास्कीका अनुसार संरचना अज्ञात कारणले भत्किएको एक स्थानीय पत्रिका नर्थजर्सी डटकमले समाचारमा उल्लेख गरेको छ
वेस्ट मिलफोर्ड मोरिसटाउन, न्यू जर्सीको उत्तरमा ३३ माईल (५३ किलोमिटर) र न्यूयोर्क शहरको ४८ माइल (७७ किलोमिटर) उत्तरपश्चिममा पर्दछ ।
पीडितलाई उदग्रबिमान(हेलिकप्टर)बाट दुईजना मोरिसटाउन मेडिकल सेन्टर(चिकित्सा केन्द्र), एक जनालाई प्याटरसन, न्यु जर्सीस्थित सेन्ट जोसेफ युनिभर्सिटी मेडिकल सेन्टर(बिश्वबिद्यालय चिकित्सा केन्द्र), एक जनालाई लिभिङ्स्टन, न्यु जर्सीस्थित कूपरम्यान बर्नाबास मेडिकल सेन्टर (चिकित्सा केन्द्र)र एकलाई ह्याकेन्स्याक युनिभर्सिटी मेडिकल सेन्टर(बिश्वबिद्यालय चिकित्सा केन्द्र)मा लगिएको प्रहरीले जनाएको छ ।
विस्फोटको वेस्ट मिलफोर्डका जासूसहरू,नगर र राज्यका अग्नी नियन्त्रण (फायर मार्शल)को कार्यालयहरूद्वारा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया