अमेरिकामा कुखुराको पखेटा खाने प्रतियोगितामा अस्ट्रेलियाका जेम्स वेबद्वारा १२ मिनेटमा २७६ वटा खादै नयाँ कीर्तिमान

इनेप्लिज २०८० भदौ १९ गते १०:५८ मा प्रकाशित

अमेरिकामा सम्पन्न कुखुराको पखेटा खाने प्रतियोगितामा अस्ट्रेलियाका जेम्स वेबले १२ मिनेटमा २७६ वटा खादै नयाँ कीर्तिमान कायम गरेका छन् । अमेरिकाको न्यूयोर्कको बफेलो शहरमा आयोजित उक्त कार्यक्रमा वेबले किर्तिमान कायम गर्न सफल भएका छन् ।

उनले यूएस बफेलो विङ ईटिंग च्याम्पियनसिप अर्थात् कुखुराको पखेटा खाने प्रतियोगितामा बाजी मारेका हुन् । उनि संगै यो अघि बिजेता भएका लगायत थुप्रैले सहभागिता जनाएका थिए ।

मुख्य खाने प्रतियोगितामा ५ औ स्थानमा रहेका वेबले जिते पछि सबै स्तब्ध भएका थिए ।

वेबले औसतमा २३ पखेटा प्रति मिनेट, अर्थात् प्रत्येक २.६ सेकेन्डमा एक पखेटा खाएका थिए । उक्त प्रतियोगितामा जोए चेस्टनट २ सय ४० कुखुराका पखेटा सहित दोस्रो र जापानका मिकी सुडो २३१ पखेटा सहित तेस्रो स्थानमा हुन् सफल भएका छन ।

प्रतिक्रिया