अमेरिकाको नेब्रास्का राज्यमा एक जड्याहाले होश नभएर गल्तीले आफैंले ९११ प्रहरीलाई बोलाउदा प्रहरीले पक्राउ गरेका छन् । ल्यान्कास्टर काउन्टी शेरिफको कार्यालयको सामाजिक संजालमा प्रकाशन भए अनुसार ती व्यक्तिले राजमार्गको गलत तर्फ चलाई रहेकोले अर्को चालकको बारेमा उजुरी गर्न ९११ प्रहरीलाई सम्पर्क गरेका थिए ।
शेरिफको कार्यालयले गत बिहीबार चालकको ९११ बाट आएको उजुरीको श्रवण (अडियो )सहित मार्च घटनाको अङ्कियदृश्य (भिडियो )सार्वजनिक गरेको छ ।
जब प्रहरी अधिकारीहरू त्यहा आए पछि सूचना दिने व्यक्ति आफैं सडकको गलत तर्फ सवारी साधन कुदाई रहेका थिए । किनभने उनि मातेका थिए । प्रहरीले सार्वजनिक गरेको अङ्कियदृश्य (भिडियो )मा “म उत्तर तर्फ जाने राजमार्ग ७७ मा छु र कोही मानिस गलत मार्गमा गाडी चलाई रहेका छन ,” चालकले ९११ मा गरेको कुराकानीको अभिलेख (रेकर्ड)मा उक्त कुरा उनले भनेको छन् ।
शेरिफको कार्यालयका अनुसार चालकसँग कानुनी सीमाभन्दा दोब्बर रगतमा अल्कोहलको मात्रा थियो ।
सामाचार श्रोत : सिएनएन
प्रतिक्रिया