न्यूयोर्कको सत्यनारायण मन्दिरमा तीज महोत्सव हुने भएकोले आयोजकको तर्फबाट चेलीबेटी तथा दिदीबहिनीहरुलाई चुलो निम्तो दिइएको छ ।
आयोजक मध्ये कै एक खाम भट्टले महिलाहरुको महान चाड तीजमा दर खुवाउने हुनाले ईनेप्लिज मार्फत यस क्षेत्रमा बसोबास गर्नु हुने सबैलाई सहभागी हुन् आह्वान गरेका छन् ।
भट्टले आगामी सेप्टेम्बर १७ आइतबारका दिन सत्य नारायण मन्दिरमा हुने बताए । उनले माइत जान असमर्थ चेलीबेटी तथा नेपालमा माइत रहेका सहित सबैलाई तीज महोत्सवमा दर र माइतकै सम्झना दिलाउने हाम्रो प्रयास भएकोले सबैलाई आह्वान गरेका छन् ।
कार्यक्रम राती ८ बजे देखि २ बजे बिहान सम्म हुनेछ । ठेगाना यसै ध्वजा(ब्यानर)मा दिइएको छ । कार्यक्रमको आयोजना ट्रिभेनी इनटरटेन्टमेन्ट एलएलसीले गरेको हो भने बिस्तृत जानकारी लिन खाम भट्ट तथा नवराज केसीलाई सम्पर्क गर्न सकिने छ ।
प्रतिक्रिया