अमेरिकाको युटाहकी एक महिलालाई कुपोषित छोरा घरबाट भागेपछि बाल दुर्व्यवहारको शंकामा प्रहरीद्वारा पक्राउ गरिएको सिविएएसन्यूजले जनाएको छ ।
रुबी फ्रान्क नाम गरेकी उक्त महिला युटाहकी लोकप्रिय युट्युव बनाउने महिला हुन ।
विधुतिय प्रणाली( अनलाइन ) बाट अभिभावक सल्लाह दिने उक्त महिलालाई उनको कुपोषित छोरा झ्यालबाट भागेर मद्दतको लागि नजिकैको घरमा भागेपछि बढ्दो बाल दुर्व्यवहारको शंकामा पक्राउ गरिएको अधिकारीहरूले भने।
रुबी फ्रान्कलाई जोडी हिल्डेब्रान्ड जस्ले युट्युव निर्माण गर्ने र कार्यक्रम गर्दै आएकी उनको भएको समयमा घरबाट हिरासतमा लिइएको थियो ।
फ्रान्कको १२ वर्षीय छोरा इभिन्समा शहरमा रहेको हिल्डेब्रान्डको घरको झ्यालबाट उक्लिए र बुधबार बिहान छिमेकीको घरमा दौडेर खाना र पानी मागेको सान्टा क्लारा-इभिन्सका सार्वजनिक सुरक्षा विभागका एक अधिकारीले बताए।
छिमेकीले बालकको खुट्टा र नाडीमा ठूलो टेप समेत लगाईएको थिए । बालकलाई अस्पताल लगिएको छ।
फ्रान्ककी १० वर्षीया छोरी पनि हिल्डेब्रान्डको घरमा कुपोषित फेला परेकी थिइन् र उनलाई पनि अस्पताल लगिएको अधिकारीहरूले बताए ।
प्रतिक्रिया