अमेरिकाको टेनेसी कारागारमा महिला कैदीले बच्चा जन्माईन

इनेप्लिज २०८० भदौ १४ गते १४:११ मा प्रकाशित

अमेरिकाको टेनेसी कारागारमा महिला कैदीले बच्चा जन्माएकी छिन ।

मोन्टगोमेरी काउन्टी शेरिफको कार्यालयका अनुसार एक गर्भवती महिलाले टेनेसी कारागार कक्षमा एक्लै आफ्नो बच्चालाई जन्म दिइकी छिन ।

मङ्गलबार रातिसम्म महिला र बच्चा स्थिर अवस्थामा रहेको र अस्पतालको हेरचाहमा रहेको अधिकारीहरूले बताएका छन ।

अधिकारीहरूले ती महिलाले बच्चा जन्माएपछि किन अस्पतालमा ल्याइएनन् भन्ने स्पष्टीकरण साझा ( शेयर)गरेका छैनन्।

गैर-सरकारी संस्था पेनल रिफर्म इन्टरनेशनलका अनुसार हिरासतमा रहेका बेला बच्चा जन्माउनेहरूलाई सामान्यतया प्रजनन प्रक्रियाको क्रममा अस्पतालमा ल्याइन्छ।

मोन्टगोमेरी काउन्टी कारागारमा राखिएको महिलाले आइतवार बिहान ११ः३० बजे करिब सहायकलाई सूचित गरेकी थिईन ।

सहायक प्रहरीले स्वास्थ्यकर्मीलाई सम्पर्क गरेपछि उनीलाई सेवा प्रदान गरिएको थियो।

प्रतिक्रिया