अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले फुल्टन काउन्टी जर्जियाको कारागारमा आत्मसमर्पण गर्दै उनले छोडेको दुई घण्टा पछि कारागारमा लिइएको उनको तस्बिरलाई उनको चुनाव प्रसार अभियानले ब्यापक प्रचार प्रसार गर्दै तस्बिर सहितको व्यापारिक सामान बेच्न थालेको छ ।
ट्रम्पको चुनाव अभियानले गन्जी ,मग आदी इत्यादी निर्माण गर्दै बिधुतिय रुपमा यसले सामान बेच्न थालेको छ भने मानिसहरु धमाधम खरिद गर्न थालेका छन ।
ट्रम्प अभियानले उनको अनुहार मात्र आउने जसलाई अंग्रेजीमा मग शट भनिन्छ त्यसलाई सही उपयोग गर्दै मग(प्याला) र गन्जीहरुमा “कहिल्यै आत्मसमर्पण नगर्नुहोस्” लेखिएको सामान बिक्रीमा राखिए पछि मानिसहरु यसलाई खरिद गर्नेको ओईरो लागेको छ ।
पूर्व राष्ट्रपतिले गत बिहिबार साँझ ७:५५ मा फुल्टन काउन्टी जेल (कारागार )छोडेका थिए। बिहीबार पहिलो पटक उनको चारवटा अपराधको आरोपमा प्रहरी अधिकारीहरूले ट्रम्पको मग शट (अनुहार मात्र आउने तस्बिर )लिए उनलाई र रिहा गरे।
यता ९:२० राती ट्रम्प सेभ अमेरिका संयुक्त कोष सङ्कलन समितिले ट्रम्पको अनुहार मात्र आउने तस्बिर सहितमा “कहिल्यै आत्मसमर्पण नगर्नुहोस्” भन्ने शब्दहरू सहितको कमिज (टी-शर्ट), मग, पेय पदार्थ , टास ( स्टिकर )र अन्य व्यापारिक सामानहरू बिक्री गरिरहेको थियो।
मग शट(अनुहार मात्र आउने तस्बिर) उत्पादनहरू बम्पर स्टिकर(ठूलो टास)को लागि १२ डलर देखि लामो-बाहुला भएको गन्जी (टी-शर्ट)हरूको लागि ३६ डलर सम्म रहेका छन्।
उनले कारागार (जेल)मा तस्बिर खिच्नु अघि, ट्रम्प र उनका सहयोगीहरूले मग शट (अनुहार मात्र देखिने तस्बिर )कस्तो देखिन्छ भनेर केही छलफल गरेका थिए। ट्रम्पले साढे दुई वर्षमा आफ्नो पहिलो पटक ट्वीटर हाल एक्समाआफू कारागारमा गएको तस्बिर प्रकाशन गरेका छन् ।
न्यु जर्सी फर्किनुअघि ट्रम्पले पत्रकारहरूलाई उनले र उनका सह-प्रतिवादीहरूले “केही गल्ती गरेनन्,” यो “अमेरिकाको लागि धेरै दुखको दिन” हो भनि जवाफ दिएका थिए ।
प्रतिक्रिया