“काराब्राम बहुसास्कृतिक मेला”मा नेपाल मण्डप दुई वटा पुरस्कार बाट पुरस्कृत

इनेप्लिज २०८० साउन ३२ गते ११:१८ मा प्रकाशित

ब्राम्प्टन, गत जुलाई ७-९ मा ब्राम्प्टनमा भएको अन्तर्राष्ट्रिय काराब्राम बहुसास्कृतिक मेलामा नेपाल मण्डपले “बेस्ट इन्टरटेन्मेन्ट” मा प्रथम स्थान र ” सास्कृतिक सजावत प्रदर्शनी” मा तेश्रो स्थान प्राप्त गरेको छ।क्यानडा, चीन, कोलम्बिया, भारत,आएरल्याण्ड, ईटली,नेपाल, पेरु, फिलिपिन्स,पोर्चुगल, युक्रेन लगायत अफ्रिका, क्यारेबियन, ईलम,हवाई पोलिनेसियन, पंजाब समूहको सहभागिता भएको उक्त मेलामा बिभिन्न मुलुक तथा समुहहरुको मण्डप मा आआफ्नो सस्कृति, भेषभुषा, खाना, नृत्य, संगीतको प्रदर्शन गरिएको थियो। मेलाको समापन समारोहमा आयोजित कार्यक्रममा निर्णायक समितिले सो पुरस्कारको घोषणा गरि पुरस्कार ह्स्तान्तरण गरिएको थियो। समापन समारोहमा काराब्राम आयोजना समितिका अध्यक्ष एन्जेला जोन्सनले सबैको सहयोग बाट यस बर्षको मेला सुन्दर तथा प्रभाबकारी रुपमा संचालन भएको र सफल बनाउन सहयोग गर्नु हुने सबैलाई धन्याबाद दिनु भयो।

यसबर्षको मेलामा एन.सी.एन.सी, क्यानेडियन नेवा गुथि तथा एन. जे.ए. सी.ले सयुक्त रुपमा संचालन गरिएको थियो भने प्रत्येक दिन एक एक वटा संस्थाको नेतृत्वमा कार्यक्रम प्रस्तुत गरिएको थियो। नेपाल मण्डपको उदघाटन क्यानडाको लागि कार्यबाहक राजदूत श्रीमती रोजिना ताम्राकारले गर्नु भएको थियो भने संघिय सांसद माननिय सोनिया सिधु तथा अन्य बिशिष्ट ब्यक्तीहरु बाट अबलोकन गर्नुको साथै ओन्टारियो प्रान्तका नागरिक तथा बहुसांस्कृतिक मन्त्रिबाट शुभकामना पत्र प्राप्त भएको थियो।

कार्यक्रमको उपलब्धिबारे जानकारी दिने उद्देश्यले नेपाल मण्डप संचालन गर्ने  एन.सी.एन.सी., क्यानेडियन नेवा गुथि तथा एन. जे.ए. सी.ले संयुक्त रुपमा हालै ” प्रेस मीट”को आयोजना गरेको थियो। सो कार्यक्रममा बोल्नु हुन्दै ब्राम्टन नगरका मेयर पाट्रिक ब्राउनले यस बर्ष तीन वटा संस्ठामिलेर कार्यक्रम गरेकोमा खुशी ब्यक्त गर्नु भयो। साथै उहाँले नेपाल भ्रमण गरेर त्यहाँको सस्कृतिको प्रत्यक्ष रसस्वादन गर्ने आफ्नो ईच्छा रहेको बताउनु हुन्दै समुदायको आबश्यकतालाई सम्बोधन गर्न आफ्नो सहयोग रहिरहने बताउनु भयो। सोहि कार्यक्रममा मेयर ब्राउनले कार्यक्रम सफलतापुर्बक संचालन गरेकोमा तीन वटै संस्था लाई ब्रामटन नगरको तर्फ बाट बधाई पत्र हस्तान्तरण गर्नु भएको थियो। कार्यक्रममा  एन.सी.एन.सी..का अध्यक्ष नर बहादुर क्षेत्रीले प्रेस भेटघाटको बक्तब्य बाचन गरी सुनाउनु भएको थियो।

प्रतिक्रिया