ईनेप्लीज
१६ अगस्ट २०२३
वाशिंगटन डिसी – नेपाल टेलिभिजनबाट प्रशारण भईरहेको अन्तरास्ट्रिय स्तरको प्रतियोगिता ” मेरो डान्स युनिभर्स ” मा म्याग्दीकी चेली देबि गर्बुजा मगरलाई अनलाईन मतदान गरेर जिताउन आब्ह्वान गरिएको छ।
संसारका बाईस राष्ट्रहरुमा बसोबास गर्ने नेपाली प्रतियोगीहरुले भाग लिएको ” मेरो डान्स युनिभर्स ” मा पोर्चुगलबाट सहभागी म्याग्दीकी चेली देबि गर्बुजा मगर प्रथम हुने भबिश्यबाणी गरिएको छ र सो को लागी अनलाईनमा मतदान गरिदिनुपर्छ। म्याग्दीबासीहरुको अन्तरास्ट्रिय संजाल ” मोना ” का आई० सी० सी० अध्यक्ष अमर छन्त्यालले जानाकारी गराएअनुसार – ” मेरो डान्स युनिभर्स ” प्रतियोगितामा प्रथम हुने बिजेताले नेपाली रु. एक करोड रकमको नगद पुरुष्कार प्राप्त गर्नेछन्।
सो को लागी यसैसाथ संलग्न सुचनामा लेखिए बमोजिम अनलाईनमा मतदान गरेर म्याग्दीकी चेली देबि गर्बुजा मगरलाई जिताई दिनु हुन ” मोना ” का आई० सी० सी० अध्यक्ष अमर छन्त्यालले नेपाल लगायत संसारभर रहेका नेपाली दाजुभाई , दिदि बहिनिहरुलाई अनुरोध गरेका छन् ।
प्रतिक्रिया