बागलुङको बडिगाड गाउँपालिका घर भएका भक्तबहादुर राना पोखरा २९ पटनेरीस्थित सेती नदीमा खस्दा बेपत्ता भएका छन् ।
पोखरा बागमाराबाट पटनेरीतर्फ साइकलमा आउँदै गरेका राना मंगलबार बिहान पोखरा २९ पटनेरीस्ति सेती नदीमा खसेर बेपत्ता भएको कास्की प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवणकुमार विकले साइकलमा यात्रा गरिरहेका बागलुङ घर भएका राना सेती नदीमा खसेको सूचनापछि नदीमा खोजिरहेको जानकारी दिए ।
उनका अनुसार बागलुङको बडिगाड गाउँपालिका ३ घर भएका ३५ वर्षीय राना मंगलबार बागमाराबाट पटनेरीतिरतर्फ आउँदै गर्दा सेती नदीमा खसेका हुन् । राना पोखरा महानगरपालिका ३३ बागमारामा बस्दै आएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया