चिनियाँ गुप्तचर अधिकारीहरूलाई अमेरिकी सेनाको संवेदनशील जानकारी पठाएको आरोपमा दुई अमेरिकी नौसेना नाविकहरूलाई अभियोग लगाइएको छ र पक्राउ गरिएको छ।
क्यालिफोर्नियाको दक्षिणी जिल्लाका लागि अमेरिकी अधिवक्ताले बिहीबार जारी गरेको विज्ञप्ति अनुसार नाविकहरू मध्ये एक जिनचाओ वेईलाई बुधबार नौसेना छाउनी सान डिएगोमा कामको लागि आइपुगेको बेला पक्राउ गरिएको थियो। छाउनी प्रशान्त महासागरमा सबैभन्दा ठूलो नौसेना स्थापनाहरू मध्ये एक हो।
पक्राउ परेका अन्य नाविकमा सानो दर्जाका वेनहेङ झाओ क्यालिफोर्नियाको पोर्ट ह्युनेमको नैसैनिक छाउनी भेन्चुरा काउन्टीमा काम गर्थे।
वेई विरुद्धको अभियोग बिहीबार खोलिएको छ भने र झाओ विरुद्धको आरोप अलग रहेको सिएनएनले जनाएको छ । अभियोजकहरूका अनुसार वेईले फेब्रुअरी २०२२ मा चिनियाँ गुप्तचर अधिकारीसँग सम्बन्ध कायम गरेका थिए । चिनियाँ गुप्तचर अधिकारीले मे १८, २०२२ मा नागरिकता पाएकोमा वेईलाई बधाई समेत दिएका थिए।
वेईले चिनियाँ अधिकारीलाई पठाएको धेरैजसो जानकारी प्रतिबन्धित-पहुँच नौसेना कम्प्युटर(सुसांख्य) प्रणालीहरूमा भण्डार गरिएको थियो ।
प्रतिक्रिया