ट्विटरले चराको प्रतीक चिन्ह(लोगो)लाई “एक्स ” मा परिवर्तन गर्ने भएको इलन मस्कले जनाएका छन् । परिवर्तनहरू सोमबार देखि आउन सक्ने उनले जनाएका छन ।
मस्कले आइतवार ट्विटरको लोगो(प्रतीक चिन्ह)लाई प्रसिद्ध ब्लू बर्ड(निलो चरा)बाट अंग्रेजी एक्स अर्थात् x मा परिवर्तन गर्ने योजना बनाएको बताए । गत वर्ष सामाजिक सञ्जाल मन्च ४४ बिलियन डलरमा खरिद गरेपछि उनले थुप्रै कुराहरु परिवर्तन गरि रहेका छन् ।
अमेरिकी पूर्वीय समय अनुसार उनले ट्विटर खातामा १२ बजे सोमबार देखि चाँडै विश्वव्यापी परिवर्तन गर्न खोजिरहेका छन भनि एबिसीन्यूजले समाचार लेखेको छ ।
१९९९ मा, मस्कले एक्स डटकम नामक स्टार्टअप सँस्था स्थापना गरेका थिए तर हाल त्यसलाई पे-पाल भनेर बिश्वब्यापी भनेर चिनिन्छ । मस्कले आइतवारको ट्वीटमा मलाई X (एक्स )अक्षर मनपर्छ भनेका छन ।
प्रतिक्रिया