मिस नेपाल नर्थ अमेरिकाको लागि प्रियंका कार्की लगायत न्यूयोर्क आईपुगे

इनेप्लिज २०८० साउन ५ गते १६:४४ मा प्रकाशित

न्यूयोर्क शहरमा आगामी जुलाई २२ शनिबारका दिन आयोजना हुने मिस नेपाल नर्थ अमेरिका २०२३ को ग्रान्ड फिनाले(समापन समारोह)को लागि नेपालबाट नायिका प्रिंयका कार्की न्यूयोर्क आई सकेकी छिन।

उनि बिशेष अतिथीको लागि आफ्नो श्रीमान आयुषमान देशराज जोशी तथा प्यारी सुपुत्री आयंका कार्की सहित न्यूयोर्क अवतरण गरेकी हुन ।

यसै गरि मिस नेपाल( नेपाल सुन्दरी) प्रतियोगिकाका सॅस्थापक अध्यक्ष दिवाकर राजकर्णिकार पनि आई पुगेका छन । उनि पनि बिशेष अतिथीको रुपमा आएका हुन ।

मिस नेपाल नर्थ अमेरिकाका आयोजक तथा प्रमुख शैलेश श्रेष्ठले दिएको जानकारी अनुसार सबै अतिथीहरु नेपालबाट आई सकेको बताए र अतिथीलाई स्वागत गर्न उनि नै बिमानस्थल गएका थिए ।

मिस नेपाल नर्थ अमेरिका २०२३ मा १८ जना प्रतिस्प्रद्धीहरु रहेका छन् ।

मिस नेपाल नर्थ अमेरिका सुरु भए देखि नै हरेक बर्ष अगस्त महिनामा हुदै आएता पनि यस बर्ष जुलाई महिनामा हुने र जुलाई २२ का दिन समापन समारोह अर्थात् ग्रान्ड फिनाले हुनेछ ।

बिगत बर्ष झैँ यस बर्ष पनि न्यूयोर्ककै प्रसिद्ध मेलरोज बलरुम मै शनिबारका दिन हुनेछ । “अर्को पुस्तालाई सशक्तिकरण गर्न नेपाली महिलाहरूलाई सशक्तिकरण” भन्ने मूल नारा दिइएको छ । यो प्रतियोगीताको आयोजना ड्रिम्स युनिभर्सल एलएलसी न्युयोर्कले गर्नेछ ।

सुप्रिया श्रेष्ठ, रेश्मा घिमिरे ,शुभेक्षा खड्का र सदिक्षा श्रेष्ठ अमेरिका पहिले नै आई पुगी सकेका छन् ।

यस पटकको बिजेता सिधै २०२४ मा नेपालमा आयोजना हुने नेपाल सुन्दरी प्रतियोगितामा प्रतिश्प्रद्धीको रुपमा भाग लिन पाउने छन ।

प्रतिक्रिया