सञ्चालनमा ल्याइयो `हेयरवेज बिउटि एकेडेमी ´, गौरी र प्रशान्तले गरे उद्घाटन

इनेप्लिज २०८० असार ३० गते १८:४९ मा प्रकाशित

सुनधारा स्थित काठमान्डौ मलमा शुक्रवारबाट सुन्दरताका पारखीहरुलाई मध्य नजर गर्दै हेयर वेज बिउटि एकेडेमी´ सञ्चालनमा आएको छ । अभिनेत्री गौरी मल्ल र अभिनेता प्रशान्त ताम्राकारको उपस्थितिमाहेयर वेज बिउटि एकेडेमी´ को उद्घाटन गरिएको हो प्रशान्त र गौरी मल्लले उद्घाटनमा रिबन काट्दै संस्थाकी संस्थापक रिना निरौलालाई सफलताको कामना गरेका थिए ।लामो समय देखी यसै पेसा(सौन्दर्यको क्षेत्र) मा आबद्ध रहँदै आएकी रिना निरौलाले आफ्नै लगानीमा मलको चौथो तलामा सो एकेडेमी सञ्चालनमा ल्याएकी हुन् । रिना सँगै निर्मला खतिवडाको पनि यस एकेडेमीमा लगानी रहेको छ ।

एकेडेमीमा सुन्दरताका पारखीका लागि हेयर, मेकअप र नेल आर्टको अध्यापन संगै ट्रेनिङ समेत सञ्चालन गरिने निरौलाको भनाइ छ । साथै, सञ्चालकको तर्फबाट अतिथिलाई बुके प्रदान गर्दै आफ्नो नयाँ काममा साथ दिएकोमा रिनाले धन्यवाद समेत ज्ञापन गरेकी थिइन ।

प्रतिक्रिया