काठमाडौँ I ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा मुछिएका थप दुई जना पक्राउ परेका छन् । मालपोत कार्यालय डिल्लीबजारका दुई पूर्वकर्मचारीलाई प्रहरीले आज बिहान पक्राउ गरेको हो ।
मालपोत कार्यालयका नायवसुब्बा योगराज पौडेल र खरिदार नारायणराज मिश्रलाई मन्त्रिपरिषद्बाट भएका निर्णयको अपव्याख्या गरेर सरकारी जग्गा व्यक्तिको बनाउन नक्कली फाइल खडा गरी नासु पौडेल हुँदै प्रमुख मालपोत अधिकृत कलाधर देउजासमक्ष पेस गरिएको आरोपमा पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।
उनीहरूले तयार पारेको नक्कली फाइल तत्कालीन प्रमुख मालपोत अधिकृत कलाधर देउजाले स्वीकृत गरेका थिए । देउजा सहसचिवमा अवकासप्राप्त कर्मचारी हुन् ।
किर्ते गरेर जग्गा व्यक्तिको बनाएबापत देउजाले तत्कालीन राणा परिवारबाट घुसको रुपमा जग्गा नै लिएका थिए ।
२०४९ साल ताका भएका कीर्तेमा उनीहरूको संलग्नता देखिएको छ ।
प्रतिक्रिया