विराटनगर, २१ असार(रासस): कोशी प्रदेशका प्रमुख परशुराम खापुङ्गले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई आज बेलुका नियुक्त्त गर्नुभएको छ ।
नेपालको सविधानको धारा १६८ को उपधारा(२) बमोजिम प्रदेश प्रमुख खापुङ्गले उहाँलाई मुख्यमन्त्री पदमा नियुक्त्त गर्नुभएको हो ।
प्रदेश प्रमुख खापुङ्गले नवनियुक्त्त मुख्यमन्त्री थापालाई बधाई तथा शुभकामना पनि दिनुभएको छ भने भोलि बिहान ९ बजे मुख्यमन्त्रीले शपत लिनु हुने कार्यक्रम तय भएको छ ।
प्रतिक्रिया