गैरआवासीय नेपाली संघ (NRNA) राष्ट्रीय समन्वय परिषद (NCC) को संचालक समिति(Board of Director) मा प्रेम पौडलले उम्मेदवारी दिएका छन् ।
गैर आबासीय नेपाली संघ अमेरिकाको आगामी कार्यकालका लागि हुने निर्वाचनको मिति जतिजति नजिकिदै छ, चुनावी सरगर्मि पनि त्यतिकै बढ्दै गएको छ तदनुरूप विभिन्न पदका आकांक्षीहरू आ- आफ्नो उमेदवारी घोषणा र प्रतिबद्धता सार्वजनिक गर्ने क्रम पनि बढ्दै गएको छ।
यसैक्रममा अमेरिकाको भर्जिनिया राज्य निवासी ईन्जिनियर (अभियन्ता )प्रेम प्रसाद पौडेल पनि एनआरएनए बोर्ड सदस्य( Board of Director) लागि चुनावी प्रतिस्पर्धामा उत्रिएका छन ।
अमेरिकाको डिसी महानगर क्षेत्रबाट संचालित लोकप्रिय अङ्किय पत्रिका /बिधुतिय पत्रिका ईनेप्लिजका संचालक तथा पत्रकार बिजय थापाले संस्था प्रति तपाईको धारणा के हो भनि जिज्ञाशा राख्दा पौडेलले यसरी जवाफ दिए : ग़ैर आवासीय संघ प्रवासी नेपालीहरूको लागि एउटा महत्वपूर्ण संस्था हो, यसले प्रवासी नेपालीहरूले भोगेका समस्याहरूको उचित संम्बोधन गर्न , देशमा होस् वा बिदेशमा एउटा नागरिकले प्राप्त गर्नुपर्ने नैसर्गिक अधिकारका लागि सौदावाजी गर्न, भाषा, कला, संस्कृतिको संरक्षण सम्बर्द्धन गर्दै पारस्परिक हितका बिंभिन्न क्रियाकलाप गर्न नेपाल सरकारद्वारा मान्यता प्राप्त एक मात्र आधिकारिक संस्था एनआरएनए हो ।
साथै उनले यस्तो लागेर नै सुरूवात मै आजीबन सदस्य बनेको तर संस्थामा झ्यागिएको नेपालको बिकृत राजनीतिक प्रभाव र अनेकन तिकडमबाजीका कारण असन्तुष्ट हुदै सामान्य आजीबन सदस्यको हैसियतले बाहिरै बस्दै आएको बताए ।
अहिले नेपालमा प्राजातान्त्रिक बिचारको वकालत गर्ने दल होस् कि, सर्वहारावादको दुहाई दिएर नथाक्ने दल (पार्टी )होस् तिनका चरित्र र क्रियाकलापहरूमा तात्विक अन्तर देखिदैन सोही कारण प्रवासमा राजनैतिक केलेवरमा एक अर्कालाई अत्यन्त बिभेद ठान्ने र टिकाटिप्पणी गर्ने क्रम हिजोको तुलनामा आज बिस्तारै घंट्दो छ ,उनले भने ।
मुलुकमा जनताको दैनिक जीवनयापन अत्यन्त कष्टप्रद बन्दै गएको सन्दर्भमा घरको चुलो चौकों चलाउन बाध्यताले मुग्लानिएको होस् वा अवसरका खोजिमा प्रावासिएका हुन्, सबैका निम्ति यो संस्थाको महत्व अधिक हुदाहुदै पनि अपेक्षा अनुरूप त्यो दिशामा बिभिन्न कारणले अगाडि बढ्न नसकेको यथार्थ कटुसत्य हो।बिचार फरक फरक हुनसक्छ, तर तिनै फरक बिचारको मन्थनबाटै प्रवासीहरूका समस्याहरू संम्बोधन गर्न तथा लोक कल्याणकारी कार्य गर्न सकिन्छ भन्ने मान्यता राख्ने पौडेल अब हामी मिलेर संस्थागत सुदृढ़ीकरण गर्नुपर्छ भन्दै निर्वाचनमा होमिएको बताए ।
बिगतका केही बर्षहरूमा सग्लो एनआरएनए छिन्नभिन्न हुने , टुक्रिएको संस्थामा पनि बहुपद सिर्जना गरेरै भए पनि नेतृत्वमा नबसिन हुने पदलिप्सा केवल संगठन धान्ने टालटुले नीति हो जुन आम सदस्यहरूको अपेक्षा बिपरित पनि छ। अब हामीले क्षमतावान नेतृत्व छानेर संस्था हाक्ने गाडीको सिट र स्टेरिग दुबै आफैले चलाउन सक्ने सबल नेतृत्वको चयन गर्दै व्यापक संस्थागत सुधारको कार्यक्रम अगाडि नबढाई हुदैहुदैन र त्यसको लागि आफ्नो ठाउबाट कसरी सकारात्मक भूमिका खेल्न सकिन्छ(?)भनेर दृढ़ अठोट सहित आफुले उमेदवारी दिएको इनेप्लिजलाई बताए ।
पेशाले ईन्जिनियर(अभियन्ता ) पौडेलले अगाडी भने पैसा खर्च गरेर मात्र नेतृत्व हासिल गर्न सकिन्छ भन्ने ग़लत मनोविज्ञान , खर्चिलो चुनावी पद्धति र एनआरएनए धनाड्यहरुको संस्था हो भन्ने गलत नजिर स्थापित भएकोले त्यो गलत नजिर हटाउन पनि नीतिगत सुधार अगाडि बढाऊनु पर्ने टड्कारो आवश्यकता छ।फरक फरक कारणले प्रवासिएका नेपालीहरुका समस्याहरू पनि फरकफरक प्रकृतिका रहेकोले त्यसको समाधानका लागि पनि छुट्टाछुट्टै पहलकदमी चाल्नुपर्ने उनले स्पष्ट धारणा राखे ।
पौडेल को हुन् र पृष्ठभूमि :
नेपालको खानेपानी तथा ढलनिकाश बिभागमा करिव २४ बर्ष काम गरि सकेका ईन्जिनियर पौडेल बिध्यार्थी जीवनकाल देखि नै नेपाल रेडक्रस , नेपाल स्काउट, चारपाते क्लव आदिमा सक्रिय रहदै पछि गएर यूथ क्लव नारायणगढसंग संम्बन्धित रहेर थुप्रै लोक कल्याणकारी कार्य गरि सकेका छन् ।सन् २०१० मा सपरिवार अमेरिका आएका पौडेल अमेरिकाको भर्जिनिया राज्यको प्रिन्सविलियम काउन्टिको वातावरण शाखामा कार्यरत छन् । सामाजिक सेवा भने पछि हुरूक्क हुने उहाको चाहना यहाँ पनि रोकिएन। अमेरिका नेपाल सोसाइटीको महासचिव रहेर करिव ३ बर्ष संस्थागत सुधारकों काम गरि सकेका पौडेल अहिले नर्दन भर्जिनियामा सर्वाधिक लोकप्रिय संस्था नेपाली अमेरिकन सामुदायिक केन्द्र (NACC)को संस्थापक बेनिफेक्टर (उपकारी )सदस्य छन ।
बिगत ४ बर्ष देखि संस्थाको कार्यकारी समिति सदस्यको रूपमा फन्डराईजिगं (कोष वृद्धि )जस्तो चूनौतीपूर्ण कार्यको जिम्मेवारी लिदै काम गरि रहेका छन । यस्को अतिरिक्त पौडेल अमेरिकामा रहेको थुप्रै सामाजिक संघ संस्था जस्तै अमेरिकन सोसाइटी अफ नेपलिज इन्जिनियर्स ,अमेरिका नेपाल हेल्पिङ्ग सोसाइटी , हर्वड बिश्वबिधालयका प्राध्यापक डा. श्रीधर पौडेलले नेतृत्व गरेको हेल्थ फाउनडेसन ,डा. भगवान कोईरालाले नेतृत्व गरेको काठमाडौँ इन्सटिट्युट अफ चाइल्ड हेल्थ ,महाबिर पुनः ले नेतृत्व गरेको राष्ट्रिय आविष्कार केन्द्रहरूलाई सक्दो आर्थिक सहयोग तथा कतिपय संस्थाको सदस्यता समेत प्राप्त गरि सकेका छन् ।
त्यसैगरी एनआरएनले नै जन्माएको नेपालीहरुको बित्तीय सस्था एभरेष्ट फेडेरल क्रेडिट युनियनमा समेत सम्बद्ध रहेका छन् । हरेक नेपालीहरुले आफ्नो बैंक खाता खोल्न अनिवार्य हुन्छ त्यो खाता आफ्नै बैंकमा खोल्न पाए कति आनन्द हुने थियो भन्ने उनको सोच रहेको छ ।
संचालक समिति सदस्यमा निर्वाचित भएमा एनसिसिको अधिकांश बैठकहरूमा उपस्थित हुने, संस्थागत हितलाई केन्द्र बिन्दुमा राखेर आफ्नो धारणा राख्ने, एनसिसिले तोकेको ज़िम्मेवारी ईमान्दारिका साथ पुरा गर्ने, सक्रिय च्याप्टर नै संस्थाको मेरूदण्ड भएकोले च्याप्टर सवलिकरणमा आफूलाई केन्द्रित गर्ने बताए ।
यसको अतिरिक्त उनलेहासिल गरेको सामाजिक सेवाको अनुभव र सामाजिक भावनालाई एनआरएनए जस्तो ग्लोवल संस्थामा लगाउदा संस्थाको हितमा काम गर्न सकिन्छ र यसबाट प्राप्त हुने सन्तुष्टि अनुपम हुन्छ भन्ने मनसायका साथ यस पटक संस्थाको आसन्न निर्वाचनमा बोर्ड अफ डिरेक्टर पदमा निर्वाचित गराई सहयोग गरि दिनु हुन सबै मतदाताहरू संग बिनम्र अनुरोध पनि ईनेप्लिज मार्फत गरेका छन् ।
प्रतिक्रिया