धनगढी ,असार नेकपा एमाले कैलालीको सोमबार धनगढीमा पूर्ण बैठक सम्पन्न भयो ।
बैठकले सुदूरपश्चिम प्रदेशका ईन्चार्जका रुपमा एमालेका केन्द्रिय सचिव एवं सुदूरपश्चिम ईन्चार्जको रुपमा कैलाली पुग्नु भएका छविलाल बिश्वकर्मालाई एमाले कैलालकिा ईन्चार्ज एवं पोलिटव्यूरो सदस्य गणेश ठगुन्नाले खादा र माला पहिराएर स्वागत गर्नु भएको छ ।
यस्तै सुदूरपीश्चम बाट लुम्बीनी प्रदेश ईन्चार्ज बन्नु भएका केन्द्रिय सचिव एवं यस अघिका सुदूरपश्चिम प्रदेश ईन्चार्ज लेखराज भट्टलाई खादा र मालाल पहिराएर विदाई गरिएको छ ।
निवर्तमान कैलालीका ईन्चार्ज नारदमुनी रानाल नयाँ ईन्चार्ज भएर कैलाली खटिनु भएका पोलिटव्यूरो सदस्य गणेश ठगुन्नालाई खादा र माला पहिराएर स्वागत गरिएको छ ।
सो बैठकमा एमाले सुदूरपश्चिम प्रदेशका ईन्चार्ज छविलाल विश्वकर्माले पार्टीलाई अनुशासित, सर्वहारा जनताको सबल पार्टीको रुपमा स्थापित गर्नका लागि सबै नेता कार्यकर्ताको सहभागिता रहनु पर्ने बताए ।
बैठकको अध्यक्षता एमाले कैलालकिा कावा अध्यक्ष दुर्गा प्रसाद जैशी र सञ्चालन सचिव डेजी पाण्डेले गरेका थिए ।
वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।
प्रतिक्रिया