कोशी प्रदेश सरकारको बजेट सार्वजनिक

इनेप्लिज २०८० जेठ ३२ गते २२:०४ मा प्रकाशित

विराटनगर,३२ जेठ(रासस): कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आर्थिक वर्ष २०८०÷८१ को आय–व्ययको सार्वजनिक गर्नुभएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्री समेत रहनु भएको मुख्यमन्त्री कार्कीले मन्त्रालयको सभाहलमा अध्यादेशबाट ल्याउनु भएको बजेट सार्वजनिक गर्नुभएको हो ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमहरु कार्यान्वयन गर्न रु.३६ अर्ब २४ करोड ३५ लाख १० हजार विनियोजन भएको छ ।

कुल विनियोजन मध्ये चालु खर्च रु.१४ अर्ब ३९ करोड ६२ लाख ६६ हजार, पूँजीगत खर्च रु १८ अर्ब २३ करोड ४२ लाख ५२ हजार, वित्तीय व्यवस्थातर्फ रु एक करोड र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ रु तीन अर्ब ६० करोड २९ लाख ९२ हजार रहेको छ । चालु खर्च मध्येमा सङ्घीय अनुदान बचत फिर्ता तर्फ रु दुई अर्ब रहेको छ ।

सार्वजनिका भएको बजेटमा आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोत मध्ये प्रदेश सरकारको आन्तरिक राजस्वबाट रु चार अर्ब ५७ करोड ७८ लाख ५० हजार, राजस्व बाँडफाँडबाट रु ११ अर्ब ६४ करोड ८१ लाख, सङ्घबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट रु आठ अर्ब ७८ करोड ३८ लाख, सशर्त अनुदानबाट रु पाँच अर्ब ८४ करोड ३२ लाख, समपूरक अनुदानबाट रु७३ करोड र विशेष अनुदानबाट रु ७६ करोड गरी राजस्व तथा वित्तीय हस्तान्तरणबाट जम्मा रु३२ अर्ब ३४ करोड २९ लाख ५० हजार खर्च व्यहोर्ने जनाइएको छ । बाँकी अपुग रकम नगद मौज्दातबाट रु तीन अर्ब ७५ करोड एक लाख तथा वैदेशिक अनुदानबाट रु १५ करोड चार लाख ६० हजार व्यहोर्ने सार्वजनिक बजेटमा उल्लेख छ ।

प्रतिक्रिया