नीति तथा कार्यक्रम प्रस्तुत

इनेप्लिज २०८० जेठ ३१ गते २१:३३ मा प्रकाशित

विराटनगर, ३१ जेठ(रासस): कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले आर्थिक वर्ष २०८०÷८१ को वार्षिक नीति तथा कार्यक्रम आज सभामा पेश गर्नुभएको छ ।

नेपालको संविधमानको धारा १८४ को उपधारा(२) तथा कोशी प्रदेशको प्रदेश सभा नियमावली, २०७४ को नियम ३५(१) बमोजिम प्रदेश प्रमुख खापुङ्गले सो कार्यक्रम पेश गर्नुभएको हो ।

वार्षिक नीति तथा कार्यक्रममा सामाजिक न्याय सहितको समृद्ध कोशी प्रदेश निर्माणको अवधारणा कार्यान्वयन गर्ने, प्रदेशका जनताको शान्ति, समृद्धि र विकासको चाहना सम्बोधन गर्न आवश्यक योजनागत प्रबन्ध गरिने, तोकिएको कार्य सम्पत्र गर्न र लक्षित उद्देश्य प्राप्त गर्न योजनागत, नीतिगत र कार्यगत व्यवस्थालाई प्रभावकारी बनाइने जनाइएको छ ।

प्रशानिक तथा विकास व्यवस्थापनको प्रभावकारिता अभिवृद्धि गर्न कोशी प्रदेश विकास समस्या समाधान संयन्त्रण निर्माण गरिने,प्रदेश निजामती सेवा, स्थानीय सेवा र अन्य सेवाका राष्ट्रसेवकाहरुको अभिलेख राख्न प्रदेश किताबखानाको सुदृढिीकरण गरु आधुनिक सूचना प्रविधिमा आधारित अभिलेख प्रणालीको विकास गरिने, मन्त्रिपरिषद्का निर्णहरुको अभिलेख व्यवस्थापनलाई व्यवस्थित बनाइने र निर्णय कार्यान्वयको अवस्था विश्लेषण गर्ने, मन्त्रिपरिषद्लाई सूचना प्रविधिमैत्री बनाउने, कोशी प्रदेशमा बसोबास गर्ने सामाजिक तथा सांस्कृतिक दृष्टिले पछाडि परेका युवा जनशक्त्तिलाई सार्वजनिक तथा सरकारी सेवाको लागि हुने प्रतियोगितात्मक परीक्षामा भाग लिने सक्षमता अभिवृद्धि गर्न तयारी कक्षा संचालन गरिने, समृद्धि, उत्पादन, उत्पादकत्व तथा रोजगारी अभिवृद्धि गर्न उल्लेख्य भूमिका निर्वाह गर्ने स्थानीय तहहरुसँगको साझेदारीलाई विशेष प्राथमिकता दिइने, स्थानीय तहको राजस्व सङ्कलन र परिचालन क्षमता बढाउन आवश्यक समन्वय एवं सहकार्य गर्ने,आवधिक योजनाको लक्ष्य अनुसार उपलब्धी हासिल गर्न योगदान पु¥याउने गरी वार्षिक बजेट तथा कार्यक्रम तर्जुमा गरिने, पूँजीगत खर्च बढाउन विनियोजन कुशलता र कार्यान्वय क्षमता अभिवृद्धि गरिने, गुणस्तरीय पूर्वाधार निर्माणका लागि प्रदेश स्तरमा निर्माण सामग्रीको गुणस्तर परीक्षण गर्न प्रयोगशाला स्थापना एवं संचालन गर्ने कुरा नीति कार्यक्रममा समेटिएको छ ।

नसर्ने रोगको एकीकृत व्यवस्थापन गर्न‘ स्वस्थ्य नागरिक’ अभियान संचालन गरिने, हृदयघाट, मानसिक रोग, महामारीजन्य रोग, किटजन्य रोग, जलन आदिकोृ रोकथाम तथा नियन्त्रणका लागि विशेष कार्यक्रम संचालन गरिने, खाद्यात्र उत्पादन वृद्धिका लागि बीउ उत्पादन र खाद्यात्र उत्पादन प्रवद्र्धनका कार्यक्रमरु संचालन गर्ने, चिया, कफी, अदुवा, अलैँची, सुपारी जनता निर्यातजन्य कृषि बालीहरुको उत्पादन, सुरक्षित भण्डारण, बजारीकण्रण, पोष्टहार्भेष्ट तथा मून्यश्रृङ्खलामा आधारित कार्यक्रमहरु संचालन गरी निर्यात प्रवद्र्धन गरिने, गरिब, विपत्र तथा पिछडिएका वर्गका कृषक, मजदुरहरुको सहभागितामा गठन भइ संचालनमा रहेका दुर्गम तथा ग्रामीण क्षेत्रका कृषि तथा विषयगत सहकारी संस्थाहरुको व्यवसायिक क्षमता अभिवृद्धि गराउन आवश्यक पेशागत व्यवसायिक सीपमूलक तालिम, वस्तुगत तथा प्राविधिक सेवा उलब्ध गराउने, जनताको जनविद्युत कार्यक्रम अन्तर्गत यसै आर्थिक वर्षबाट निर्माण कार्य प्रारम्भ हुने ताप्लेजुङ जिल्लाको ७७ दशमलव ५ मेघा वाटको घुन्सा खोला जलविद्युत आयोजना र ७०दशमलव तीन मेघा वाटको सिम्बुवा खोला जलविद्युत आयोजनामा प्रदेशवासी जनता र प्रदेश सरकारको लगानी सुनिश्ति गरिने, चुरे लगायतका संवेदनशील जलाधार क्षेत्रको उपल्लो र तल्लो तटीय सम्बन्धका आधारमा नदी प्रणालीमा आधारित एकीकृत जलाधार व्यवस्थापन कार्य संचालन गरी, महत्वपूर्ण नदी,ताल, पोखरी, सिमसार तथा जलाधार क्षेत्रको प्रभावकारी व्यवस्थापन गरिने, कोशी प्रदेशलाई आकर्षक, रमणीय, सुरक्षित र गुणस्तरीय पर्यटकीय गन्तव्यको रुपमा विकास गरी आन्तरिक तथा बाह्य र सीमापार पर्यटकहरुलाई आकर्षित गराउने नीति तथा कार्यक्रममा उल्लेख छ ।

विराट दरबार, बर्जुताल, मुन्धुम मार्ग, तिनजुेर–मिल्के–जलजले– ओलाङ्जुङ गोला जस्ता सम्भावनयुक्त्त पर्यटकीय स्थलहरुको परिक्रमा मार्ग विकास गरी पर्यटकहरुको बसाई अवधि लम्ब्याई प्रदेशको सामाजिमक आर्थिक उपार्जनमा टेवा पु¥याउने, नेपालको सविधानले आत्मसात गरको मान्यता र पकिल्पनाहरु, योजनावद्ध विकास प्रक्रिया तय गरिएका राष्ट्रिय र प्रादेशिक लक्ष्यहरु, नेपालले अन्तरराष्ट्रिय जगतमा जनाएका प्रतिवद्धताहरु प्रदेशमा आम जनसमुदायबाट प्रकट भएका भावनाहरु एवं राजनीतिक दलहरुले उठाएका शान्ति, सुव्यवस्था र विकासका विषयवस्तुहरुका अन्तरनीहित चाहनालाई यो नीति तथा कार्यक्रमले समेटेको बताएको छ ।

एकसय पच्चीस बुँदामा रहेका नीति तथा कार्यक्रम सदनमा २ बजे प्रदेश प्रमुखले वाचन शुरु गर्नुभएको थियो ।

प्रदेश प्रमुखको नीति तथा कार्यक्रम प्रस्तुत भइसकेपछि २० मिनेटका लागि स्थगन भएको सदन पुनः संचालनमा आउँदा सभाले सरकारको नीति तथा कार्यक्रम सदनमा पेश भएकाले प्रदेश प्रमुखलाई सर्वसम्मतले धन्यवाद दिएको छ ।

त्यस अघि सदनमा भएको छलफलमा सत्तापक्षधर नेकपा एमाले संसदीय दलका तर्फबाट रेवतीरमण भण्डारी र राप्रपा अम्बरबहादुृर विष्टले सरकारको बचावमा आफ्ना कुराहरु राख्नु भएको थियो भने नेकां संसदीय दलको तर्फबाट केदार कार्की, नेकपा माओवादी केन्द्र संसदीय दलको तर्फबाट गणेशप्रसाद उप्रेती र नेकपा एकीकृत समाजवादी संसदीय दलको तर्फबाट राजेन्द्रकुमार राईले सरकार अल्पमतमा परेकाले संविधानको भावना र मर्मत विपरीत कुनै पनि काम नगर्न सुझाव दिनुभयो । उहाँहरुले सरकारले अल्पमतमा गइसकेको अवस्थामा विश्वासको मत लिएर अघि बढ्न जरुरी छ भन्दै चालु सदनलाई स्थगित गरेर अध्यादेशबाट बजेट ल्याए संविधान एवं कानून विपरीत हुने तर्क गर्नुभएको थियो ।

प्रदेश सभाको अर्को बैठक भोलि बिहान ११ बजे बस्ने सभामुख बाबुराम गौतमले घोषणा गर्नुभयो ।

प्रतिक्रिया