प्यूठान कार दुर्घटनाका मृतकको पहिचान खुल्यो

इनेप्लिज २०८० जेठ २९ गते १३:१९ मा प्रकाशित

प्यूठान, स्वर्गद्वारी दर्शन गरी फर्किएको कार दुर्घटनामा परी मृत्युभएका आठै जनाको पहिचान खुलेको छ ।

मृतक सबै दाङको रहेको प्रहरीले जनाएको छ । स्वर्गद्वारी भिंग्री सडक खण्डको टाकुरा भन्ने स्थानमा लु १ च ६३४५ नम्वरको जीप दुर्घटनामा कारमा सवार सवै जनाको घटनास्थलमा मृत्यु भएको थियो ।

मृत्यु हुनेमा २ जना महिला, २ जना पुरुष र ४ जना बालक रहेका छन् । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका –१५ का ३५ वर्षीया सरिता शर्मा पोख्रेल, निजको छोरा १४ वर्षीय विशाल पोख्रेल, ९ वर्षीय विकाश पोख्रेल रहेका छन् ।

त्यसैगरी लमही नगरपालिका –५ का ४९ वर्षीय ताराबहादुर कुमाल, लमही नगरपालिका –७ का ४० वर्षीय गोविन्द शाह, निजको श्रीमती ३० वर्षीया राधा शाह र नीजको ९ वर्षीय छोरा आदित्य शाह रहेको प्रहरीले जनाएको छ । एक जना बालकको पहिचान खुल्न बाँकी छ ।

कार सडकको माथिल्लो घुम्टीबाट पल्टिएर तल्लो घुम्टीमा पुगेको थियो । स्काभेटरको मद्दतले उद्धारको काम भएको थियो ।

मृतकको शव जिल्ला अस्पताल विजुवार ल्याइएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

प्रतिक्रिया