टेक्ससको ह्युस्टन रात्री क्लब बाहिर गोली चल्दा ६ जना घाइते

इनेप्लिज २०८० जेठ २८ गते १२:५२ मा प्रकाशित

अमेरिकाको टेक्सस राज्यको ह्युस्टन शहरको एक रात्री क्लब बाहिर गोली चल्दा ६ जना घाइते भएको प्रहरीले जनाएको छ । ह्युस्टनको एक रात्रीक्लब (नाइटक्लब)को सवारी साधन अड्डा (पार्किङ) स्थलमा भएको गोलीकाण्डमा ६ जना घाइते भएका प्रमुख ट्रोय फिनरले आइतबार बिहान पत्रकार सम्मेलनमा बताए ।

प्रहरी अधिकारीहरूले पहिलो पटक स्थानीय समय अनुसार आइतबार बिहान २:११ बजे रात्रीक्लबमा गोली चलाएको खबर पाए पछि त्यहाँ पुगेका थिए ।

घटनास्थलमा अधिकारीहरूले पीडितहरूलाई सहायता व्यवस्थापन गर्न थालेको फिनरले भने। एक पुरुषको शल्यक्रिया गरिएको र गम्भीर अवस्थामा भएको उनले बताए । अस्पतालमा भर्ना भएका अन्य पाँच जनाको अवस्था स्थिर रहेको छ । पीडितहरू २० देखि ३० बर्ष उमेर रहेका छन ।

कसैलाई पनि हिरासतमा लिइएको छैन भने संदिग्धहरूको संख्या अज्ञात रहेको उनले पत्रकारहरुलाई भने ।

प्रतिक्रिया