एसोसिएसन अफ नेपालीज इन अमेरिकाज(एएनए ) को चालीसौं सम्मेलनलाई भव्यता पूर्वक सम्पन्न गर्न शर्मिला शर्मा संयोजक रहेको २७ सदस्यीय महिला समिति गठन भएको छ ।
उक्त सम्मेलनको महिला उप संयोजक सरिता गुरुङ रहेकी छिन भने तारा अधिकारीको संयोजकत्वमा महिला मंच (फोरम) संचालन हुनेछ ।
एएनए सम्मेलन आगामी जुलाई १ र २ दुइका दिन कोलोराडोको डेनभर हुदैछ ।
२७ सदस्यीय महिला समितिमा स्मृति प्रधान,पुनम शर्मा,प्रतिभा कार्की,साहना तुलाधर,समिका एस ड्रीकोल ,आरति ढकाल ,शान्ति भुसाल,उर्बरा बराल ,रश्मि प्याकुरेल ,संजु खतिवडा,रमिता तुलाधर ,पेमा डि श्रेष्ठ,बिमला झा,निरु रंजितकार ,कोपिला ढुंगाना ,अनुपमा खनाल ,निर्मला अर्याल ,कला राई ,लेखा केसी ,चण्डिका प्रधान , गंगा गुरुङ,पूजा श्रेष्ठ,पार्वती शर्मा, सुशिला चौलागाई ,समिक्षा लुइँटेल ,पूर्णिमा बिष्ट तथा संयोजकमा शर्मिला शर्मा रहेका छन् ।
यस पटक कोलोराडोको डेनभर क्षेत्रमा सक्रिय रहेका नेपाली संस्थाहरु रकी माउन्टेन फ्रेन्ड्स अफ नेपाल ,नेपाली घर,अनेसास कोलोराडो शाखा ,एनआरएनए कोलोराडो शाखा ,कोलोराडो नेवाः खलः लगायतका संस्थाहरु संगको सहकार्यमा यो सम्मेलन हुन लागेको हो ।
कोलोराडोमा सन् २००३ मा पनि एएनए सम्मेलनको आयोजना गरेको थियो ।
सम्मेलनको लागि एनएनएका पूर्व अध्यक्ष रोजर अधिकारी तथा नबिन दत्तलाई सल्लाहकारमा राखिएको छ । त्यस्तै गरि सह संयोजकको रुपमा टिका पौडेल ,राजु सिटौला ,जगदीश ढकाल ,सरिता गुरुङ ,आर सी पन्त ,अर्जुन बगाले तथा भुसन लाल श्रेष्ठ रहेका छन् ।
प्रतिक्रिया