पराजयको बदला आगामी निर्वाचनलाइ एमालेमय बनाउने अभियानमा एमाले नेताहरु

वीरेन्द्र रावल २०७९ चैत १४ गते २२:०४ मा प्रकाशित

वीरेन्द्र रावल

धनगढी चैत्र १४÷ नेकपा एमालेले फागुन ५ गतेबाट सञ्चालन गरेको मिशन ग्रास रुट कार्यक्रम अन्तिम चरणमा पुगेको छ । हिउँदे गहुँ र तेलहन बाली भित्रयाउने बेला भैरहेका बेला नेकपा एमालेका नेता कार्यकर्ताहरु एमालेको पार्टी सुदृढिकरण र ससंगठन विस्तार कार्यक्रमलाई टोल टोल र घरदैलोमा तिब्रताका साथ पुगाईरहेका छन् ।

प्रतिकुल मौशमका बाबजुदपनि नेकपा एमालेले सञ्चालन गरेको मिसन ग्रास रुट कार्यक्रम अन्तरगत सुदूरपश्चिमका ८८ वटै स्थानीय पालिकामा सञ्चालन भैरहेका छन् ।


सुदूरपश्चिमका ८८ वटै पालिकाका विभिन्न वडा,टोलहरुमा एमालेका नेता तथा कार्यकर्ताहरु जनतालाई जगाउन, पार्टी सदस्यता बढाउन र संगठन सुदृढीकरण गर्नका लागि व्यापक रुपले कार्यक्रमलाई अगाडी बढाईरहनु भएको छ ।

नेकपा एमालेले स्थानीय निकाय निर्वाचन ,प्रदेश र प्रतिनीधि सभाको निर्वाचनमा भोग्नु परेका पराजयका कारण र तीं कारणहरु के के हुन सक्छन् र तीनको निराकरण के हुन सक्दछभन्ने सवालमा गम्भीर छलफल गर्नका लागि कोठे बैठकमा नभएर तल्लो तहका जनताको घरदैलोमा पुगेर जानकारी लिने उद्देश्यका साथ सञ्चालन गरिएको मसिन गस रुट कार्यक्रममा व्यापक जनसहभागिता जुटिरहेको नेताहरुले बताएका छन् ।

सुदूरपश्चिमका एमाले नेताहरु यतिबेला जनताका माझमा गस रुटको सान्दर्भिकता र महत्वलाई दर्शागदै जनतालाई जागरुक र संगठित गर्ने कार्यलाई अगाडी बढाईरहनु भएको छ ।

नेकपा एमालेका केन्द्रिय उपाध्यक्ष पूर्व अर्थमन्त्री बिष्णु पौडेलले अछाम र डोटी जिल्लाका विभिन्न कार्यक्रमरुमा सहभागि हुने भएको छ । एमालेका सुदूरपीश्चम प्रदेश ईन्चार्ज एवं केन्द्रिय सचिव लेखराज भटट्पनि पार्टीको मिशन गसरुट कायृक्रमका शिलसिलामा अछाम र डोटी जिल्लाका विभिन्न कार्यक्रममा सहभागि भएर कैलाली झर्नु भएको छ ।

यस्तै कन्द्रिय पोलिट व्यूरो सदस्य कर्ण थापा, कैलाली ईन्चार्ज नारदमुनी राना,निरुदेवी पाल, गणेश ठगुन्ना, लिला भण्डारी, केन्द्रिय सदस्य झपट रावल, लाल बहादुर थापा ,प्काश शाह लगायतका नेता कार्यकर्ताहरु यतिबेला प्रत्येक गाउँपालिका र टोल भेलामा सहभाग भैरहनु भएको छ ।

एमालेका सुदूरपश्चिमका अधिकाँश ठुलठूला नेताहरु जनताको घरदैलोमा पुगेर मिशन ग्रासरुटलाई प्रभावकारी बनाईरहनु भएको छ ।

नेकपा एमालेलाई आगामी दिनमा प्रमूख राजनीतिक शक्तिका रुपमा स्थापित गर्ने योजनाका साथ थालनी गरिएको मिशन ग्रास रुट कार्यक्रमले टोल टोलमा जनतालाई जागरुक पार्ने कार्यलाई तब्रता दिईरहेको कुरा नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमटीका अध्यक्ष एवं पूर्व मन्त्री दामोदर भण्डारी लगायतका नेताहरुले मिशन ग्रास रुट कार्यक्रमलाई जनताको पक्षमा अरो ढंगबाट उठाउनु पर्ने माग सर्वत्र छ ।

वीरेन्द्र रावल

वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।

प्रतिक्रिया