कैलारी ६ र ८ मा मिशन ग्रासरुट अभियान

वीरेन्द्र रावल २०७९ चैत ११ गते ९:१५ मा प्रकाशित

वीरेन्द रावल

कैलारी, चैत्र ११÷ नेकपा एमालेले संचालन गरेको मिसन ग्रासरुट कार्यक्रम अन्तर्गत शुक्रबार कैलारी गाउँ पालिकाको वार्ड नम्बर ६ को धर्मापुरमा टोल भेला सम्पन्न भएको छ ।

एमाले जिल्ला कमिटी कैलालीका सदस्य बिरेन्द्र रावलको प्रमुख आतिथ्यमा सो भेला सम्पन्न भएको हो । भेलाले चनक राम चौधरीको अध्यक्षतामा १३ सदस्यीय टोल कमिटी गठन गरेको छ ।

कमिटीका उपाध्यक्षमा अमित चौधरी, सचीवमा मिठुन चौधरी, उपसचिवमा सपना चौधरी र संगिता चौधरी रहेका छन भने अन्य सदस्यहरुमा सबिता चौधरी, आसा चौधरी, सोभा चौधरी, लक्ष्मी चौधरी, मिना चौधरी, निर्मला चौधरी, जमुना चौधरी र सुशील चौधरी रहेका छन । सो टोल भेलाको अध्यक्षता वार्ड कमिटीका अध्यक्ष बिस्णु चौधरीले गरेका थिए भने कार्यक्रममा जिल्ला कमिटी सदस्य गोर बहादुर बिकले समेत मन्तव्य व्यक्त गरेका थिए । भने कार्यक्रमको सन्चालन अमृत चौधरीले गरेका थिए ।

यसैगरी कैलारी गाउँपालिका वार्ड ८ को वार्ड कमिटीको आयोजनामा शुक्रबार टोल भेला सम्पन्न भएको छ । टोल भेलामा एमाले सुदूरपश्चिम् प्रदेस कमिटीका सचिवालय सद्स्य राजेस कुमार खाती प्रमुख अतिथी रहेका थिए । भेलालाइ जिल्ला कमिटी कैलालीका सदस्य मदनराज रेग्मीले समेत सम्बोधन गरेका थिए । टोल भेलामा स्थानीयको उल्लेख्य सहभागीता रहेको थियो ।

वीरेन्द्र रावल

वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।

प्रतिक्रिया