कैलारी,चैत्र ५÷ नेकपा एमालेले संचालन गरेको मिसन ग्रासरुट कार्यक्रम अन्तर्गत आइतबार कैलारी गाउँ पालिकाको प्रतापपुर र पुर्वटेडिमा छलफल तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।
नेकपा एमालेले स्थानीय ,प्रदेश र संघको निर्वाचनमा भोग्नु परेका समस्या ,पार्टी सुदृढीकरण र बिस्तार अभियान सम्बन्धि टोलबासिलाइ जानकारी दिलाइएको थियो । सो अवसरमा स्थानीय जनताले एमाले पार्टीले जनताको पक्षमा खेल्नु पर्ने सकारात्मक भुमिकाका बारेमा सहभागीले पार्टी प्रतिनिधि समिक्षा जानकारी दिएका थिए ।
दुई वटा टोलमा एमालेका कैलाली जिल्ला कमिटी सदस्य मदनराज रेग्मी र बिरेन्द्र रावलले सहजीकरण गर्नु भएको थियो ।
प्रतिक्रिया